Wednesday, January 22

Breaking News

हिमपातले कर्णालीका ३ जिल्ला प्रभावित

हिमपातले कर्णालीका ३ जिल्ला प्रभावित

Breaking News
धावनमार्ग हिउँले ढाकेपछि सिमकोट, दुनै र मुगुमा हवाई सेवा बन्द हुम्लाको लिमीसँग दुई सातादेखि सम्पर्क विच्छेद वीरेन्द्रनगर — बाक्लो हिमपातका कारण कर्णालीका हिमाली जिल्लाहरू मुगु, हुम्ला र डोल्पामा सातादेखि हवाई र सञ्चार सेवा अवरुद्ध छ । पहिलेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि तीन जिल्लामा हवाई र सञ्चार सेवा प्रभावित भएको हो । यस पटकको हिउँदमा कर्णालीमा तीनपल्ट भारी हिमपात भइसकेको छ । सडक सञ्जालले नजोडिएको जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध हुँदा स्थानीयको बाहिर आउजाउ रोकिएको छ । धावनमार्गमै बाक्लो हिउँ जमेपछि हुम्लाको सिमकोट, डोल्पाको दुनै र मुगुको रारा विमानस्थलमा उडान– अवतरण ठप्प छ ।   नेपाल टेलिकमको सुर्खेत कार्यालयका प्रमुख नवराज खतिवडाका अनुसार फोन सेवा अवरुद्ध रहेका क्षेत्रमा मर्मतका लागि गएका कर्मचारी हिउँमा अड्किएर बसेका छन् । दैलेख र कालीकोटको सिमाना महाबु लेकमा रहेको रिपिट
सुनको मूल्य प्रतितोला रु. ९५००० पुग्नसक्ने !

सुनको मूल्य प्रतितोला रु. ९५००० पुग्नसक्ने !

Breaking News
काठमाण्डौ । बहुुमूल्य पहेँलो धातु सुनको मूल्य अहिले नेपाली बजारमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । सुनलाई प्रतिष्ठा र सम्पन्नताको रुपमा हेरिने नेपाली समाजमा सुनको मूल्यमा भएको अचाक्ली वृद्धिले हलचल मच्चाइदिएको छ ।  केही वर्ष अघिसम्म ६० हजार रुपैयाँ प्रतितोला रहेको सुुन मूल्य अहिले बढेर ७६ हजारको उच्चतम विन्दू समेत पार गरिसकेको छ ।  सुनको मूल्य बढ्नुुमा नेपालको आन्तरिक कारणले भन्दा बढी बाह्य कारणले प्रभाव पार्छ । किनभने नेपालमा आउने सुनको मूल्य अन्तराष्ट्रिय परिघटनाबाट प्रभावित हुने गर्छ ।  नेपाली बजारमा मात्रै नभएर अहिले सुनको मूल्य अन्तराष्ट्रिय रुपमै उकालो लाग्दैछ । जसको प्रमुख कारणको रुपमा इरान र अमेरीकाबीच सिर्जित सैन्य तनाव रहेको छ ।  अहिले इरान र अमेरिका युुद्धको अवस्थाबाट गुज्रिरहेका छन् । इरानी सेनाले इराकमा रहेका अमेरिकी सेनाको बेस क्याम्पमा हमला गरेपछि तनाव झनै
बस दुर्घटनामा परी नेपाली काँग्रेसका केन्द्रिय नेताको निधन, सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्ता घाइते

बस दुर्घटनामा परी नेपाली काँग्रेसका केन्द्रिय नेताको निधन, सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्ता घाइते

Breaking News
पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको निधन भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो । आज बिहान ५ः०० बजे भएको सो दुर्घटनामा परी नेता राय ग म्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उहाँलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पु¥याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृ त घोषणा गरेको आफन्त असिम दुबेले बताउनुभयो । नेता राय २०६४ सालमा भएको संविधानसभाको पहि
माघे सक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा दिने प्रदेश ५ सरकारको निर्णय

माघे सक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा दिने प्रदेश ५ सरकारको निर्णय

Breaking News
काठमाडौं । आउँदो माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने गरेको छ । माघे सक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने बताएको छ । गएको वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले यस्तो जानकारी दिनु भएको हो ।मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनुभयो । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।
गिजरमा नुहाउने क्रममा बेहोश भइ मृत्यु

गिजरमा नुहाउने क्रममा बेहोश भइ मृत्यु

Breaking News
ललितपुर । गिजरमा नुहाउने क्रममा बेहोश भइ ललितपुरमा एक जनाको मृत्यु भएको छ । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्साको बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पूर्वी  र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सुरुङ मार्ग बन्ने

पूर्वी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सुरुङ मार्ग बन्ने

Breaking News
पुष २०, नवलपरासी | पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सहित देशको बिभिन्न स्थानमा आधा दर्जन सुरुङ मार्ग निर्माणको लागि अध्ययन तीब्र गतिमा भईरहेको छ । सरकारको प्राथमिकतामा परेका बिभिन्न स्थान मध्ये नवलपरासीको दुम्किबासदेखि बर्दघाटसम्मको सुरुङ मार्ग निर्माणको पनि अध्ययन चलिरहेको छ ।  नवलपरासीमा बन्ने यो सुरुङ मार्गको लम्बाई ४.९ किलोमिटरदेखि ६.१० किलोमिटर लामो हुनेछ । जुन सुरुङ मार्गको 'सम्भाव्यता अध्ययन' प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । यो सुरुङ मार्ग निर्माण ठूलो महत्वको रुपमा हेरिएको बताइएको छ । सरकारले देशका अन्य भूभागमा पनि प्राथमिकताका साथ सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिएको छ । नेपालमै पहिलो सुरुङ मार्गको रुपमा हाल काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको निर्माण कार्य भईरहेको अवस्थ
गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई शिक्षकले निर्घात कुटे

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई शिक्षकले निर्घात कुटे

Breaking News
गृहकार्य नगरेको भन्दै रुपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका शिक्षक शैलेन्द्र बरईले कक्षा पाँचमा अध्ययनरत् विद्यार्थी तौफिक धुनियालाई कुुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । कुुटाइबाट विद्यार्थी धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । गएको बुधबार पनि घटना शनिबार मात्रै बाहिर आएको छ । विद्यार्थी कुटपिट गर्ने बरई शिक्षक फरार छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । गृहकार्य विद्यार्थी धुनियाले गर्न नसकेर विद्यालय जाँदा उनीमाथि कुटपिट गरिएको परिवारले जनाएको छ । विद्यार्थी धुनियाँको उपचार स्थानीयस्तरमा सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको धुनियाका हजुरबाबा मोहम्मद हुसेन धुनियाले बताए । इलाका प्रहरी कार्यालय मर्चवार
१२२ चिनियाँलाई देश निकाला गर्ने तयारी, नेताले नै गरेका थिए संरक्षण

१२२ चिनियाँलाई देश निकाला गर्ने तयारी, नेताले नै गरेका थिए संरक्षण

Breaking News
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गर्ने तयारी गरेको छ । चीनकै सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ परेका उनीहरुलाई वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी भएको हो । त्यसका लागि उनीहरुको राहदानी खारेज हुनेछ । एक उच्च सुरक्षा अधिकारीले भने,‘‘उनीहरु सबैको राहदानी (पासपोर्ट) खारेज हुनेछ । त्यसपछि उनीहरु अवैध हुनेछन् । अवैध भएपछि देश निकाला गर्ने बाटो खुल्छ र उनीहरुलाई चीन पठाउन सकिन्छ ।’’ चीनकै आग्रहमा उनीहरुलाई देश निकाला गर्न लागिएको सुरक्षा अधिकारी बताउँछन् ।  पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ । प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो । के उनीहरुलाई चीन पठाउने तयारी गरिएको हो ? भन्ने प्रश्नमा सुवेदीले भने, ‘‘यसबारे मलाई जानकारी
थप तीन हजार सेना परिचालन गरिने आगो निभाउन

थप तीन हजार सेना परिचालन गरिने आगो निभाउन

Breaking News
काठमाडौं । अष्ट्रलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताउनु भएको हो । उहाँका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उहाँले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो ।“धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,” उहाँले भन्नुभयो । उहाँले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिनुभयो । झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ । यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थि
उखु किसान-सरकार सहमति, चिनी मिलले माघ ७ सम्म भुक्तानी गर्नुपर्ने

उखु किसान-सरकार सहमति, चिनी मिलले माघ ७ सम्म भुक्तानी गर्नुपर्ने

Breaking News
किसानले भने : फेरि काठमाडौंमा आउनु नपरोस् पुस १८, २०७६ काठमाडौं : चिनी मिल मालिकबाट एक अर्ब रुपैयाँ बढी रकम भुक्तानी माग गर्दै १५ महिनादेखिको आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ।  सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी मिलाबाट उखु किसानलाई भुक्तानीका लागि समन्वय र पहल गरिदिने लिखित प्रतिवद्धता जनाएपछि किसानहरुको आन्दोलन तत्काललाई स्थगित भएको हो। उखु किसानहरुसँगको वार्तामा सरकारले आगामी माघ ७ गतेसम्ममा चिनी मिलहरुबाट करिब डेढ अर्ब वक्यौता रकम भुक्तानी गराइसक्ने लिखित प्रतिवद्धता उद्योगमन्त्री लेखराज भट्टले गरेका छन्।  सरकारले पक्राउ गर्न खोजेपछि केही उद्योगीहरुले किसानको रकम भुक्तानी गर्न थालेका छन्। दुईवटा चिनी मिल मालिक राकेश अग्रवालले शुक्रबारै किसानको खातामा ५० लाख रुपैयाँ निकासा गरेको जनाएका छन्।  सरकारसँग भएको वार्तापछि किसान संघर्ष समितिका सचिच