Saturday, January 25

Author: nawayuga

४४४ किलो तौल भएका २७ बर्षिय यी युवक,युवतीको खोजीमा

४४४ किलो तौल भएका २७ बर्षिय यी युवक,युवतीको खोजीमा

News
माघ ९, एजेन्सी | पाकिस्ताका २७ वर्षीया भीमकाय श्रीमतीको खोजीमा छन् | उनको तौल ४४४ केजीका वेटलिफ्टर  छ | उनी कम्तीमा पनि सय किलो तौल भएकी युवतीको खोजीमा छन् | त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् | उनी आफ्नो तौलका कारण विवाह हुन नसक्दा हैरान छन् | उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुप बताएका छन् | दुलहीको उचाई पनि ६ फिट चार इन्च  होस् भन्ने चाहन्छन | त्यस्तै युवतीलाई राम्रो खाना बनाउन आउनु पर्ने बताएका छन् |   हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् | उनी दैनिक ३६ वटा अण्डा खान्छन् |
तलव भीख होइन, बौद्धिक श्रमको मूल्य हो (यस्ता छन् तलव बढाउनैपर्ने १६ कारण)

तलव भीख होइन, बौद्धिक श्रमको मूल्य हो (यस्ता छन् तलव बढाउनैपर्ने १६ कारण)

News
भीम उपाध्यय युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलव किन बढाउने ? १. सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले। २. नेपालको जीडीपी विगत दश पन्ध्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ त्यसैले। ३. बजारभाउ वार्षिक ६ प्रतशितले बढेको छ भने मुद्रा अवमुल्यन १० प्रतिशत भइरहेको छ। ४. आगामी ५ वर्षमा जीडीपी दुगुना गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष्य छ। ५. बौद्धिक वर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुँदा विदेश पलायन हुने भय रहन्छ। ६. तलब कम हुँदा प्रतिभावान र शहरिया सक्षम युवा जागिरमा आकर्षित नभई दिँदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ। ७. न्युन तलबले अनियमित आम्दानी गर्न उक्साइरहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाव थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाइरहेको छ। ८. पर्याप्त जीविकोपार्जन ग
जन्म दिनको अवसरमा उपहार महालक्ष्मी लाईफको बिमा पोलिसी

जन्म दिनको अवसरमा उपहार महालक्ष्मी लाईफको बिमा पोलिसी

News
माघ ८ , नवलपुर अरुणखोलामहालक्ष्मी लाईफ इन्सुरेन्स को सिनियर एजेन्सी म्यनेजर बिमला सापकोटाले आफ्नो श्रीमानको जन्मदिनको अवरमा बिमा पोलिसी दिनुभएको छ । नवलपुर अरुणखोला घर भएकी सापकोटाले श्रीमानको ५४ औ जन्म दिनको अवसर पारी ६० लाखको बिमा पोलिसी उपहार दिनु भएको हो । एक कार्यक्रमका बिच महालक्ष्मी लाईफ प्रदेश् ३ का उप क्षेत्रीय प्रमुख राम प्रसाद भुसाल, नारायणगड शाखा प्रमुख कृष्ण बिलास अधिकारि, कावसोती शाखा प्रमुख मेघनाथ अधिकारि, सिनियर एजेन्सी म्यानेजर गुण राज पोख्रेल, एजेन्सी म्यानेजर तथा समाजसेबी माधव पराजुली, राजन बोख्रेल लगायतको उपस्थितिमा जन्म दिनको केक संगै बिमा पोलिसी उपहार हस्तान्तरण गरिएको हो । सो अवसरमा श्रीमती बिमलाले जन्म दिनमा छोरा छोरी हरु ले उपहार किनेर बुवालाई दिनु भनेर पठाएको पैसा ले महंगा उपहार नकिनी बुढेस कालको लागि बचत स्वरुप बिमा उपहार दिएको बताउनु भएको थियो ।  
गोरखामा हिमपहिरो

गोरखामा हिमपहिरो

News
पोखरा — अत्यधिक हिमपातपछि गएको हिमपहिरोले गोरखामा ट्रेकिङ रुट (पैदल मार्ग) बन्द भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङमा शुक्रबार दिउँसो हिमपहिरो जाँदा लार्केबाट सामागाउँ जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ । गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार करिब ५ सय मिटर माथिबाट आएको हिमपहिरोले लार्केपास ट्रेकिङ रुटको २५ मिटर बाटोमा क्षति पुर्‍याएको छ । ‘बाटो नभएका कारण तत्काललाई आवतजावतमा रोक लगाइएको छ’ अधिकारीले फोनमा भने, ‘स्थानीयसँग समन्वय गरी बाटो खुलाउने प्रयासमा छौं ।’ घटनास्थलमा प्रहरी चौकी लार्केका प्रहरी सहायक निरिक्षकप्रेमबहादुर बानियाँको कमाण्डमा प्रहरी खटाइसकिएको अधिकारीले बताए । हिमालबाट आएको हिमपहिरो नभई स्थानीय पहाडमा अत्याधिक हिमपातपछि पहिरो आएको प्रहरीले जनाएको छ ।
कम्प्युटरबिनै कम्प्युटर शिक्षा

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

News
जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय राखिए पनि शिक्षक छैनन् । प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटर नै छैन ।  (बिर्तामोड) — आसिक माझी कक्षा ७ का विद्यार्थी हुन् । उनले कक्षा ५ देखि नै कम्प्युटर विषय पढेका हुन् तर अझै चलाउन जान्दैनन् । उनले कम्प्युटर देख्न पाएको बल्ल चार महिना हुँदै छ । चार महिनामा तीनपटक कम्प्युटर सिक्ने मौका पाए । आसिक मात्र होइन, भद्रपुर नगरपालिका–४ मन्त्रीबारीस्थित महेशपुर आधारभूत विद्यालयका विद्यार्थी कम्प्युटर खोल्न र बन्द गर्नबाहेक केही जान्दैनन् । यहाँ कम्प्युटर पढाउने विषयगत शिक्षक छैनन् । विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउने कम्प्युटर पनि छैन । कार्यालय प्रयोजनका लागि नगरपालिकाले गत भदौमा दिएको एक थान कम्प्युटरमा मौका पारेर सिकाउने गरिएको प्रधानाध्यापक नारद प्याकुरेलले जानकारी दिए । झापाका अधिकांश सामुदायिक विद्यालयले ‘स्थानीय विषय’का रूपमा कक्
माघ ६ गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक

माघ ६ गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक

News
काठमाडौँ — आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो। सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताएकी थिइन् । आइतबार सभामुख उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्षको बैठकमा उपसभामुख तुम्बाहाङ्फे सहभागी भएलगत्तै बैठक स्थगनको सुचना टाँस गरिएको हो ।
प्रदेश ३ को नाम वाग्मती,राख्ने  प्रस्तावको पक्षमा दुई तिहाइ मत

प्रदेश ३ को नाम वाग्मती,राख्ने प्रस्तावको पक्षमा दुई तिहाइ मत

News
काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबारको बैठकमा भएको मतदानमा दुई तिहाई बढी सांसदले प्रदेशको नाम वाग्मती राख्ने पक्षमा मत दिएका हुन् । देशको नाम वाग्मती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो। ११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन्।
इरान विमान दुर्घटनाः इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको प्रमाण भेटिएको पश्चिमा देशको दाबी

इरान विमान दुर्घटनाः इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको प्रमाण भेटिएको पश्चिमा देशको दाबी

News
इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्रुटिवश त्यसो भएको हुन सक्छ। क्यानडा र युकेका नेताहरूले उक्त विमान दुर्घटनाको सम्बन्धमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग गरेका छन्। दुर्घटनामा विभिन्न देशका १७६ नागरिकको मृत्यु भएको थियो। तर इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार नभएको भन्दै त्यस्तो दाबीको खण्डन गरेको छ। इरानी सरकारका एक प्रवक्ताले पश्चिमा देशले लगाएको आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्। के छ अनुमान? इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो। अमेरिकी सञ्चारमाध्यमहरूको अनुमानअनुसार विमान दुर्घटनाको स
पृथ्वीनारायण शाह: मृत्युको कारण ‘बाघको आक्रमण’ कि रोग?

पृथ्वीनारायण शाह: मृत्युको कारण ‘बाघको आक्रमण’ कि रोग?

News
आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो। तर उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन्। बडामहाराजधिराज पनि भनिने पृथ्वीनारायण शाहको मृत्यबारे कस्ता धारणा देखिएका छन् र प्रामाणिक तथ्यहरूले के भन्छन्? इतिहासकार दिनेशराज पन्तको विश्लेषण नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए। उनले त्यसपछि क्रमश: काठमाण्डू खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन
इरान: जहाँ नेपालले दूतावास खोलेर बन्द गरेको थियो

इरान: जहाँ नेपालले दूतावास खोलेर बन्द गरेको थियो

News
झण्डै पचास वर्षअघि इरानको फार्स प्रदेशस्थित शिराज शहरबाट ६० किलोमिटर पूर्वोत्तरमा पर्ने पर्सेपोलिसमा करिब ६० देशका राष्ट्रप्रमुख तथा सरकारी प्रतिनिधिहरू भेला भएका थिए। राजतन्त्र भएका सबैजसो देशबाट राजा-रानी वा राजकुमार-राजकुमारीले सहभागिता जनाएको त्यस भेलामा नेपाली पाहुना बन्न त्यति बेला पुगेका थिए- राजा महेन्द्र र रानी रत्न। तत्कालीन इरानी शाह (राजा) मोहम्मद रेजा शाह पाह्लभीले आयोजना गरेको 'फारसी साम्राज्यको पच्चीस सय वर्षगाँठ'को चर्चा त्यसबेला संसारभर भइरहेको थियो। विश्वभर चर्चामा रहेको उक्त कार्यक्रमका विभिन्न सत्रका साथै ऐतिहासिक पोसाकमा ठाँटिएर सैनिकहरूले गरेको विशेष परेडमा समेत महेन्द्र र रत्न सहभागी भए। परेडमा सैन्य पोसाक लगाएका महेन्द्र र सेतो रङको साडी लगाएकी रत्न सहभागी भएका तस्बिरहरू अहिले पनि इन्टरनेट अभिलेखहरूमा देख्न सकिन्छ। विभिन्न लिखित स्रोत र जानकारहरू