मध्यबिन्दु १० का धनबहादुर कुमाल मृत अबस्थामा जंगलमा फेला

२०७७ भदौ २८ अरुणखोला,

चार दिन अगाडी स्थानीय सामुदायिक वनमा च्याउ खोज्न भन्दै गएका मध्यविन्दु–१० अरुणखोलाका ३९ बर्षीय धनबहादुर कुमालको कंकाल फेला परेको छ । चार दिन अगाडी देखि हराएका कुमालको कंकाल आज दिउसो अरुणखोला सामुदायिक वनको माथिल्लो भोर्लेनिमा फेला परेको अरुणखोला प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक लेखनाथ भण्डारीले जानकारी दिनु भयो । मृत अवस्था कंकाल फेला परेको उनको लुगाबाट पहिचान खुलेको उहाँले बताउनुभयो । घटनाको प्रकृति हेर्दा बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने उहाँले बताउनु भयो । जंगलमा च्याउ खोज्ने भन्दै उनि चार दिन अगाडी घरबाट निस्केको भण्डारीले बताउनु भयो । आज बिहान स्थानीयले सामुदायिक वनमा कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *