मध्यविन्दु उधोग वाणिज्य संघको आयोजनामा होमियोप्याथी औषधी हस्तान्तरण

मध्यविन्दु उधोग वाणिज्य संघको आयोजनामा होमियोप्याथी औषधी हस्तान्तरण कार्यक्रम सम्पन्न । मध्यविन्दु उधोग वाणिज्य संघको आयोजना र नवप्रतिभा सामुदायिक विकास केन्द्र अरुणखोला तथा भुषाल हाडवेयरको संमन्वयनमा मध्यविन्दु नगरपालिकाको वडा नं १०,११,१२,१४ र १५ वडाहरुलाइ औषधी हस्तान्तरण गरिएको कार्यक्रम संचालक मध्यविन्दु उधोग वाणिज्य संघका महासचिव चेतन पौडेलले जानकारी दिनुभयो| औषधीको सम्पूर्ण डकुमेन्ट प्राप्त गरी खान योग्य भएकाले मध्यविन्दु नगरपालिका भरी वितरण गर्न स्वकृती दिएको र नगरका सम्पूण नागरिकलाइ पुग्ने माग गर्नै कार्यक्रमका प्रमुख अतिथी मध्यविन्दु नगरपालिकाको नगर प्रमुख चन्द्र वहादुर रानाले वताउनु भयो| अहिले वडा नं १०,११,१२,१४ र १५ लाइ प्रत्येक वडालाइ ३६०० जनालाइ पुग्ने गरी वितरण गरेको र आगामी दिनमा सम्पूर्ण वडालाइ पुग्ने गरी वितरण गर्नै कार्यक्रमका सभापति एवम् मध्यविन्दु उधोग वाणिज्य संघका अध्यक्ष केदार प्रसाद पराजुलीले जानकारी दिनुभयो| त्येस्तै समन्वयमा रहेका संथा नव प्रतिभा सामुदायिक विकास केन्द्र अरुणखोलाका अध्यक्ष होम नाथ पोख्रेल र भुषाल हाडवेयरका प्रोपाइटर लक्ष्मण भुषालले अहिले २000 जनालाइ पुग्ने ल्याएपनी चाडैनै नगरभरी पुग्ने औषधी ल्याउने जानकारी दिनुभयो| सहयोगी संस्थामा माडवारी युवा समाज परासी रहेको थियो|

प्रकाशित मिति :- २८ आसार २०७७

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts