मध्यबिन्दु नगरपालीकाद्धारा फरक क्षमता भएका २८ जनालाई सहायक सामाग्री बितरण

मध्यबिन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महतोले फरक क्षमता भएका व्यक्ति कुनै पनि अवसरबाट वञ्चित हुन नुहुने बताउनुभएको छ। मध्यबिन्दु नगरपालीकाले चालु आर्थीक बर्षमा फरक क्षमता भएका व्यक्तीका लागि साहायक सामाग्री बितरणको कार्यक्रमा बोल्दै उहाले नगरले गर्ने हरेक कार्यहरुमा उनिहरुको सहभागिता अनिर्बाय गराउे बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतीथि रहनुभएका नगरउपप्रमुख महतोले नेपाल सरकारको संविधानले दिएको अधिकार,चेतना,सामाजिक ,आर्थिक लगायतका कुनै पनि अबसरबाट बञ्चित गराउन नहुने भन्दै अहिलेको यो समयमा अतिनै आवश्यक परेका फरक क्षमताका ब्यक्तीलाइ नगरपालिकाको १५ वटै वाडका वाडअध्यक्षको सहयोगमा सहायक सामाग्री बितरण गरिएको र बाकी ब्यक्तिलाइ अब आगामी आर्थिक बर्ष २०७७र७८ को बजेट मार्फत भदौमा दिइने पनि महतोले स्पष्ट पार्नुभएको छ। आज (शुक्रबार) १५ बडा बाट जम्मा जम्मी २८ जना फरक क्षमता भएका ब्यक्तिलाइ सहायक साम्रग्री बितरण गरिएको छ । जसमा १६ वटा हव्यल चेयर ,७ वटा बेड, १ वटा बैशाखी, ३ वटा सर्बण यन्त्र र वाकर मेसिन १ वटा बितरण गरिएको हो।उक्त कार्यमा नगरउपप्रमुख ओमकुमारी महतो,नगरकार्यपलिका सदस्य सिता पाठक देबकोटा,वाडअध्यक्षहरु,अपाङ्गता संजालका अध्यक्ष एक बहादुर गुरुङ एबम सम्पुर्ण संजालका पदाधिकारी हरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सञ्चालन सामाजिक शाखाकि कालिका देबि काफ्लेले गर्नुभएको थियो।

प्रकाशित मिति : २६ असार,२०७७ नवलपुर

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts