इन्फिनीटि लघुवित्त वित्तीय संस्था लिमिटेडको डण्डा शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिए घरबेटी बोहराले

नवयुग, अरुणखोला

कोरोना भाइरसको महामारीसंगै गरिएको लकडाउनका कारण आर्थिक तथा ब्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको अवस्थालाई मध्यनजर गरि इन्फिनीटि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई शेर बहादुर बाेहाेराले एक महिनाको घरभाडामा सहुलियत दिएका छन् । संकटको घडीमा लघुवित्त वित्तीय संस्थालाई घरभाडा छुट दिएर नवलपुर(ब.सु.पुर्व)कावसोतिका नगरपालिका वडा नं.१६ का बोहरा हजारौ घरबेटीका निम्ति उदाहरण बनेको शाखा प्रमुख सुनिता थपलियाले बताउनु भएको छ ।ब्यवसाय ओरालो लागेको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले घरबेटीहरुलाई घरभाडा छुट गर्न आग्रह गरिरहेको छ । प्रायः घरबेटीलेहरुले साह्रै न्युन आय भएकाहरु बाहेक अन्यलाई घरभाडा छुट दिएका छैनन् । कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले घरभाडा तिर्न सक्ने अवस्था हुदा पनि छुट दिइरहेका छैनन् । तर कावासोती नगरपालिका-१६ डण्डा मा रहेको इन्फिनीटि लघुवित्त वित्तीय संस्था लिमिटेडको डण्डा शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी बोहरा ले सामाजिक दायित्व निर्वाह गर्नु भएको छ ।‘लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, ब्यवसायी हतोत्साही बनिरहेकोले अहिलेको अवस्था सहज छैन । र सरकारले पनि एक महिनाको भाडा नलिन आब्हान गरेकोमा आफूले पनि मानबताको भूमिका निर्वाह गरेको बोहराले बताए । त्यस्तै, बोहोरले चार महिनादेखि ठप्प रहेको ब्यापार ब्यवसायलाई ध्यान दिएर कोरोना भाइरससंगै लड्दै र संकटको बेला एक अर्कालाई साथ दिनुपर्ने भताउनु भएको छ ।

प्रकाशित मिति : २३ असार २०७७

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts