इन्फिनिटी लघुबित्त बित्तिय संस्था लिमिटेडद्धारा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग ।

इन्फिनिटी लघुबित्त बित्तिय संस्था लिमिटे

नवयुग, अरुणखोला

इन्फिनिटी लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय कावासोती-१६ डन्डाले आज कावासोती नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ हजार रकम सहयोग गरेको छ । कोरोना भाईरस नियन्त्रणको लागि लामो समयदेखि भएको लकडाउनको कारण नगरभित्र रहेको अति विपन्न तथा असंगठित मजदुरहरुको छाक टार्न समेत धौँधौँ परिरहेको दुखद अवस्थालार्ई मध्यनजर गर्दै इन्फिनिटी लघुबित्त बित्तिय संस्थाले ८ हजार रुपैया रकम बराबरको चेक आइतबार कावासोति नगरपालिकाका उपमेयर प्रेम शकर मर्दननिया थारु लाई हस्तान्तरण गरेको हो ।राहत रकम ग्रहण गर्नुहुदै उपमेयर प्रेम शकर मर्दननिया थारुले इन्फिनिटी लघुबित्त बित्तिय संस्था लिमिटेडले नगरपालिकाको हरेक सुखदुखमा निरन्तर साथ दिदै आएको र आज पनि कोरोना प्रकोप कोषमा सहयोग गरेको भन्दै संस्थाप्रति धन्यवाद प्रकट गर्नुभयो ।

प्रकाशित मिति : २१ असार २०७७

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts