सभापतिले गाडी फिर्ता गरे

पोखरा — गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेस सांसद कुमार खड्काले प्रदेशसभा सचिवालयबाट प्राप्त सवारी साधन र चालक फिर्ताको घोषणा गरेका छन् । साथै आगामी साउन महिनादेखि लागू हुनेगरी कोरोना भाइरसविरुद्ध लड्ने हेतुका लागि बैठकभत्ता, सञ्चार, बिजुली, धारा, दैनिक भ्रमणभत्ता, यात्रा,  बिमा र निजी सचिवालयबापत पाउने सबै सुविधा कोरोना कोषमा दिने उनले जनाए । खड्का प्रदेशसभा अन्तर्गत सार्वजनिक लेखा समितिका सभापति हुन् । 

प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यको (स्थानीय तहका जनप्रतिनिधिको) सेवासुविधा सम्बन्धी विधेयक पेस गर्नुअघि उनले यसप्रति विरोध जनाउँदै खड्काले यस्तो घोषणा गरेका हुन् । कोरोना भाइरसले प्रलय मच्चाएको बेला स्थानीय तहका जनप्रतिनिधिको १२२ प्रतिशतसम्म सेवासुविधा बढाएर विधेयक ल्याइएको भन्दै उनले विरोध जनाएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिको यसअघिको सेवासुविधा कात्तिक १ मा सर्वोच्च अदालतले खारेज गरेपछि गण्डकी प्रदेश सरकारले नाम परिवर्तन गरी (गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यको सेवासुविधा) विधेयक बिहीबारको प्रदेशसभामा पेस गरेको छ । विधेयकविरुद्ध कांग्रेस र जनता समाजवादी दलले विरोध जनाएका हुन् ।


प्रकाशित : असार १८, २०७७

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts