मध्यबिन्दु नगरका केहि विद्यालयहरुले विद्यार्थीबाट शुल्क लिएको र भर्ना गरेको प्रति नेविसंघ मध्यविन्दु नगरको गम्भिर ध्यानाकर्षण

१३ असार मध्यविन्दु नगरपालिकाका केहि विद्यालयहरुले विभिन्न वाहानामा विद्यार्थीबाट शुल्क लिएको र भर्ना सुरु गरेको विषयमा नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति मध्यविन्दु नगरपालिकाले आज मध्यविन्दु नगरप्रमुख चन्द्र बहादुर रानालाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघ मध्यविन्दु नगर समन्वय समितिका संयोजक जितु खड्काद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा विश्व माहामारीको रुपमा फैलएको कोराना भाईसरका कारण विगत ३ महिनादेखि शैक्षिक पठनपाठन एवं् गतिविधि ठप्प रहेको छ। शिक्षा मन्त्रालयले मिति २०७७ वैशाख २२ मा मन्त्रीस्तरिय निर्णय गरि नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालष्ले अर्को भर्ना नगर्नु नगराउनुहुन र अनलाईन कक्षा लगायतका विषयमा कुनैपनि शुल्क नलिनु भनेको अवस्थामा यस मध्यविन्दु नगरपालिकाभित्रका केहि विद्यालयहरुले विभिन्न बाहानामा शुल्क लिएको छ ,भर्ना समेत सुरु गरेको छ , यस्तो अवस्थामा पनि शुल्क लिने र कोरोना भाईरसलाई चुनौति दिदै पठनपाठन कक्षा संचालन गर्ने हिसाबबाट भर्ना अभियान संचालन गरेकोमा मध्यविन्दु नगर समितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । साथै मागको सुनुवाई नभएमा नेपाल विद्यार्थी संघ बाध्य भएर आन्दोलनमा उत्रने समेत चेतावनि दिएको छ । ज्ञापन पत्र बुझनुहुदै मध्यविन्दु नगरप्रमुख चन्द्र बहादुर रानाले यस विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । साथै यो विषम परिस्थितिमामा सबैले हातेमालो गर्नुपर्ने यो विषयमा आफुहरु सकरात्मक रहेको स्पष्ट पार्नुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेविसंघ जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल, जिल्ला सदस्य सृजना कंडेल , नेपाल विद्यार्थी संघ हुप्सेकोट गाउपालिका प्रमुख हुमन पाण्डे, लगायत नेविसंघ मध्यविन्दु नगर समितिका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । नेविसंघ मध्यविन्दु उपसंयोजक प्रिन्सु काफ्लेद्धारा वाचन गरिएको उत्त ज्ञापन पत्र नेविसंघ मध्यविन्दु नगर समन्वय समितिका संयोजक जितु खड्काद्धारा नगरप्रमुख चन्द्र बहादुर रानालाई हस्तान्तरण गरिएको हो ।

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts