मध्यविन्दु वडा नं १०,११ र १२ मा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा होमियोप्याथी अर्थात Eminity power बढाउने औषधी वितरण

मध्यविन्दु वडा नं १०,११ र १२ मा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा माडवारी समितिद्वारा वितरण भइरहेको रोग प्रतिरोग होमियोप्याथी अर्थात Eminity power बढाउने औषधी वितरण गरिएको छ| उक्त औषधी यहा ल्याउन वडा सदस्य मोहन हरी श्रेष्ठ र मध्यविन्दु युवा क्लवको सक्रियतामा वितरण गरिएको वडा सदस्य मोहनहरी श्रेष्ठले बताउनु भयो| मिती २०७७/३/३ गते मध्यविन्दु १० मा रहेका जनता मा वि क्वारेन्टाइनमा रहेका ६ जना, विज्ञान संकायमा रहेका ९ जना , जनता आधारभुत विधालय क्षेत्री टाडीमा रहेका ३ जनामा वितरण गरिएको क्लवका अध्यक्ष नम राइले वताउनु भयो | त्येस्तै २०७७/३/४ गते मध्यविन्दु ११ र१२मा रहेका सरस्वती आधारभुत विधालय बेलाहानी क्वारेन्टाइनमा रहेका ५ जना , यादव मा वि क्वारेन्टाइनमा रहेका १४ जना, त्यस्तै ११ मा रहेका अरुणखोला बहुमुखी क्याम्पसमा रहेका ६ जना र विरेन्द्र मा वि मा रहेका ७ जना वितरण गरेको क्लवक सचिव नवराज पाठकले वताउनु भयो | यो औषधी तिन दिन लगातार विहानमा सेवन गर्नै त्यसपछि हप्ताको एक पटक गरि तिन हप्तासम्म सेवन गर्नै गरी एउटा व्यक्तिले ६ वटा सेवन गर्नै माडवारी सेवा समितीका कर्मचारी भिमा महत्वले वताउनु भयो| यो औषधी खाएपछि रोग संग लड्न मदत गर्नै महत्वले जानकारी दिनुभयो| यसलाइ अजै निरन्तरता दिदै अझै सम्पूर्ण वडाका नागरिकलाइ पुग्ने गरी उपलब्ध गराउने वडा सदस्य मोहन हरि श्रेष्ठले जानकारी दिनुभएको छ | यो कार्यमा मध्यविन्दु युवा क्लवका सम्पुण युवाहरु खटिरहेका क्लवका उपाध्यक्ष नविन गुरुङले वताउनु भएको छ| यो काम देखेर वडा सदस्य मोहन हरी श्रेष्ठ र मध्यविन्दु युवा क्लवलाइ सबैले प्रशंसा गरिरहेका छन्|

प्रकाशित मिति :-२०७७ असार ६ गते, सनिवार

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts