प्रतापपुर गाउंपालिकामा अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा मृत्यु

हरि शर्मा।नवलपुर ३२ जेठ ।पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिकामा अध्यक्ष  राजकुमार शर्माको आईतबार दुर्घटनामा मृत्युु भएको छ । गाउंपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटना भएको गाउंपालिकाको गाडी उनी आफैले चलाएका थिए ।

अगाडीबाट साईकलमा आउदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर उनी च्याप्पिएका थिए । उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षिया शर्मा  नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
दुर्घटनामा परि निधन हुनुभएका प्रतापुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts