आइतबार मुस्लिम धर्मावलम्बीहरुको पर्व इद(ईदुल फित्र) का दिन सार्वजनिक विदा

नवयुग,  सरकारले ११ गते मुस्लिम धर्मावलम्बीहरुको पर्व इद(ईदुल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रवारको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इदउल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा उक्त पर्व ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७-०२-०९,सुक्रवार 
By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts