धनकुटाका १ जना र विराटनगरका २ जनामा काेराेना संक्रमणको पुष्टि

 नेपालमा थप तीन जनामा काेराेना भाइरस स,ङ्क्रमण पुष्टि भएकाे छ ।

विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना स,ङ्क्रमण पुष्टि भएको प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको स,ङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

याेसँगै काेराेना स,ङ्क्रमितकाे सङ्ख्या दुई सय ९४ भएकाे छ । ३६ जना उपचारपछि निकाे भएका छन् भने दुई जनाकाे ज्यान गएकाे छ ।

 प्रकाशित मिती: जेष्ठ ४, २०७७

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts