अहिले सम्मकै लामो समयकाे लागी लकडाउन थप्ने सरकारकाे तयारी

अचानक कोरोनाभाइरसका कारण मृत्यु पुष्टि भएपछि  सरकारले अहिलेसम्मकै सबैभन्दा लामो अवधिका लागि लकडाउन लम्ब्याउने तयारी थालेको छ ।

कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको अवस्थामा संक्रमणको न्यून जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्नेगरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको थियो । तर, शनिबार एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएपछि भने सरकार हच्किएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना संक्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको बताइएको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ । यसपछि लकडाउनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्नको लागि आज ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।मन्त्रिपरिषद बैठकअघि आज दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ । त्यहाँ लकडाउनका विषय छलफल हुनेछ र यो बैठकले सरकारलाई सुझावसहित सिफारिस गर्नेछ । त्यही सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ । कोरोना भाइरस को संक्रमण बाट नेपालमा कसैको पनि मृत्यु नभयको भए लकडाउन खुकुलो पार्न सकिन्थ्यो तर अब नेपाल कोरोनाको उच्च जोखिम मा पुगेको हामीले अनुमान गरिसकेका छौ तेसैले यस अघि गरिएको लकडाउन खुकुलो पार्ने निर्णय उल्टिएको छ

स्रोत:उज्यालो खबर

प्रकाशित मिती: ४ जेष्ठ २०७७, आईतवार 

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts