आरुङ्खोला खानेपानी द्वारा एक महिनाको खानेपानी महसुल मिनाहा

मध्यबिन्दु नगरपालिका-१०स्थित आरुङ्खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक महिनाको खानेपानी महसुल मिनाहा गरेको छ। कोरोना भाइरस कोभिड-१९ ले निम्तिएको विपत्तिको बेला उपभोक्तालाई केही राहत होस् भन्ने उद्देश्यले चैत महिनाको महसुल पुर्ण रूपमा मिनाहा गर्ने निर्णय गरिएको समितिका अध्यक्ष कृष्ण भट्टराई बताए।

समितिले हरेक महिना उपभोक्ताबाट मिटरको रिडिङ्को आधारमा १० युनिट (१०००० लिटर) को न्यूनतम महसुल बापत १ सय २० रुपैयाँ र त्यो भन्दा माथी को प्रती युनिट १५ रुपैया को दरले उठाउँदै आइरहेको छ। त्यस्तै संस्थामा करिब ८५० उपभोक्ता रहेकोमा ७५० जनाले मिटर जोडेका छन । चैत महिनामा उठ्ने करिब ८५ हजार रुपैयाँ उपभोक्तालाई मिनाहा गरिएको समितिका सचिव होमनाथ पोख्रेलले बताए।

सो खानेपानी आयोजना २०५६ सालदेखि सञ्चालनमा आएको हो। स्थानीय कत्ले खोलादेखि पाइप लाइन देखी पानी बितरण गरियेको मा २०७५ देखि बोरिङ को पानी पम्प मार्फत ल्याएर ट्याङ्कीमा जम्मा गरि उपभोक्ताको घरघरमा मिटर सिस्टम मार्फत वितरण गर्दैआइरहेको छ।

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts