सनसिटीमा बस्ने २ जनामा कोरोना भएको पुष्टि

काठमाडौँ । सनसिटी अपार्टमेन्टबाट उपचारका लागि भर्ना गरिएका मध्ये २ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ भएको पुष्टि भएको छ ।

पीसीआर प्रविधिबाट परीक्षण गर्दा तीनमध्ये ८१ वर्षीय आमा र ५७ वर्षीय छाेरामा सक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । बुहारीकाे नमूना परीक्षणको रिपाेर्ट भने आउन बाँकी छ।

हिजो र्‍यापिड डायग्नोष्टिक टेष्ट अर्थात द्रुत जाँच विधिबाट परीक्षण गर्दा एउटै परिवारका ३ जनामा सङ्क्रमण देखिएको थियो । कोरोना देखिएपछि उनीहरुलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ ।

गएको महिना विदेशबाट आएर पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा उनीहरु बस्दै आएका थिए ।

प्रकाशित : वैशाख २, २०७७ 

Nawayuga.com

Arunkhola, Nawalpur
By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts