भायानेटका १ लाख ७० हजार बढी ग्राहकको तथ्यांक लिक

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका १ लाख ७० हजार भन्दा बढी ग्राहकको तथ्यांक लिक भएको छ । प्रयोगकर्ताको नाम, इमेल, फोन नम्बर र ठेगाना रहेको तथ्यांक सूची मंगलबार राति सार्वजनिक भएको हो । 

एक ट्विटर ह्याण्डमार्फत् मंगलबार राति भायानेटका प्रयोगकर्ताको तथ्यांक चोरी भएको सार्वजनिक भएको थियो । यद्यपि तथ्यांक चोरी तत्कालै भएको हो वा केही अघि भएको भन्ने विषयमा जानकारी सार्वजनिक भएको छैन ।

भायानेटका सञ्चालक विनय बोहराले ग्राहकको तथ्यांक चोरी भएको विषयमा अनुसन्धान भइरहेको बताए । ‘यो कहिले र कुन कमजोरीका कारण चोरी भयो अनुसन्धान गर्दैछौं,’ उनले भने,‘प्रहरीकोमा पनि उजुरी गर्ने तयारी छ ।’

अनलाइनमार्फत् होटल तथा रेष्टुरेन्टको खाना पुर्‍याउने गरी सेवा दिँदै आएको फुडमाण्डुका ५० हजार प्रयोगकर्ताको तथ्यांक लिक भएको ठ्याक्कै एक महिनामा भायानेटको तथ्यांक चोरी भएको हो ।फुडमाण्डुका ५० हजार बढी प्रयोगकर्ताको तथ्यांक मार्च ७ मा लिक भएको थियो ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार 

Nawayuga.com,Arunkhola.
By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts