कोरोना आशंका गरिएका हुप्सेकोटका दुइजनामा कोरोना नभएको पुष्टि

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ का २ जनामामा कोरोना नभएको पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पताल डण्डाले दिएको जानकारी अनुसार उहाँहरुमा कोरोना नेगेटिभ देखिएको हो ।

रोजगारीको शिलशिलामा भारतमा रहनुभएका एकजना गत हप्ता मात्रै भारतबाट घर फर्कनुभएको थियो । घर फर्केको केही दिनमै अचानक ज्वरो आउने र खोकी लाग्ने भएपछि गत आईतबार उहालाई कोरोनाको आशंकामा मध्यविन्दु जिल्ला अस्पताल डण्डा पुर्याइएको थियो । उहाँसङ्गै जानुभएका उहाँका बुबाको समेत कोरोना परीक्षण गरिएको हो । जिल्ला अस्पताल डण्डाले उहाको स्वाव परीक्षणमा निमित्त भरतपुर कोरोना विशेष अस्पताल पठाएको थियो तर उहाँमा शंका गरेझै कोरोना नभएको रिपोर्ट आएको मध्यविन्दु जिल्ला अस्पताल डण्डालाई उधृत गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

साथै हल्लाको भरमा नआत्तिन तर अत्यन्त सावधानी अपनाउन समेत सापकोटाले आग्रह गर्नुभएको छ । बिरामी छोरालाई अहिले जेनेरल वार्डमा सारिएको छ । बुवालाई भने केही नभएपछि डिस्चार्ज गरिएको छ । छोरालाई पखाला लाग्ने समस्या भएकाले थप केही दिन डण्डामै राखिने बताइएको छ ।

प्रकाशित मिति : Wednesday, April 08, 2020

Nawayuga.com, Arunkhola
By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts