विश्वमा आर्थिक मन्दी देखिन सुरु बेलायतको ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने

एजेन्सी : बेलायतको ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबै उडान स्थगित भएपछि एयरवेजले आफ्ना कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन गर्ने घोषणा गरेको हो ।

कर्मचारी युनियनसँगको वार्तापछि कर्मचारी निलम्बनको सहमति भएको हो । एयरवेजले यसअघि नै आफ्ना ८० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने बताइएको छ । कोरोनाको संकट समाधान नभएसम्म एयरवेजले सबै स्थानमा आफ्ना उडान स्थगित गरिसकेको छ ।

अवकास पाएका कर्मचारीले बेलायत सरकारले अवलम्बन गरेको कोरोना भाइरस रोजगार अवधारणा योजनामार्फत आफ्नो पारिश्रमिक पाउनेछन ।

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts