Thursday, February 20

Day: February 5, 2020

बाजुरामा भाइरल ज्वरोले २ को मृत्यु, २ सयभन्दा बढी बिरामी

News
बाजुरा — जिल्लामा भाइरल ज्वरोका कारण मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ । मंगलबार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण मंगलबार साँझ ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको थियो । सोही टोलका ७० वर्षीय दलबहादुर रावलको बुधबार विहान मृत्यु भएपछि मृत्यु हुनेको संख्या २ पुगेको हो । रावलको मृत्यु भएको वडाअध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।   मृत कडाराको परिवारका ५ जना पनि बिरामी रहेका साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए। गाउँपालिका १ का विभिन्न स्थानमा 'सिजनल फ्लू' भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर शाहीले बताएका छन्। सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक सातायता बिरामीको संख्यामा बृद्धि हुँदै गएको भन्द
मापदण्डबिनै सडक, यात्रा जोखिमपूर्ण

मापदण्डबिनै सडक, यात्रा जोखिमपूर्ण

News
जिल्लामा दर्जन बढी ग्रामिण सडकहरू सञ्चालनमा छन् । महाकाली लोकमार्गबाहेक अन्य सबै सडकहरू कच्ची छन् । कतिपय भर्खर ट्रयाक खुलेका हुन् । मापदण्ड विपरीत निर्माण गरिएका, लेभल नमिलेका कच्ची सडकमा स्थानीय बासिन्दाहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पछिल्लो समय स्थानीय तहहरूले सडक निर्माण योजनालाई मुख्य प्राथमिकतामा राखेका छन् । तर, कुनै पनि सडक मापदण्डअनुसार बनेका छैनन् । मनपरि ढंगले बनाइएकोले सडक दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीय बताउँछन् । निर्माणपूर्व गर्नुपर्ने प्राविधिक अध्ययन र इस्टिमेटबिनै डोजर चालक नै इन्जिनियर भएर सडक बनाइएका छन् । यस्ता सडकमा गुड्ने सवारी साधनमा ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको महाकाली नगरपालिका–९, थाप्लाका शेरसिह सामन्तले बताए । ‘ग्रेड मिलान र सडकको स्तरोन्नति नगरी गाडी गुड्दै आएका सडकमा अत्यधिक जोखिम छ । चालक र यात्रुलाई गन्तव्यमा

केरुङबाट १२ दिनमा ४ सय ७१ जना नेपाल फर्किए

News, Uncategorized
केरुङबाट १२ दिनमा ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएका छन् ।व्यवसाय तथा रोजगारीका लागि तिब्बतको केरुङमा रहेका नेपालीहरु फर्किएका हुन् । नाकामा हेल्थ डेक्स स्थापना गरेयता ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।  रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चेकजाँच सुरु गरिएको थियो। केरुङमा अझै पनि ६६ जना नेपालीहरु रहेका प्रजिअ अधिकारीले बताए। उनीहरु नेपाल फर्कन चाहे त्यहाँका स्थानिय अधिकारीहरुसँग समन्वय गर्ने काम भइरहेको भण्डारीले बताए।केरुङबाट सबैभन्दा बढि नेपाली माघ १८ गते फर्किएका छन्। त्यो दिन १ सय ६३ जना नेपाली फर्किएको हेल्थ डेक्सको रेकर्डमा देखिन्छ। गत सातादेखि चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी साधन आवत जावतमा रोक ला
निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज

निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज

News
निशुल्क भ्वाइस र अहिलेको भन्दा आधा मूल्यमा इन्टरनेट उपलब्ध गराउँछु भनेको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशन प्रालिले अनुमति पत्र खारेज गरिदिएको छ । चौधरी ग्रुपका अध्यक्ष अर्बपति व्यवसायी विनोद चौधरीले एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिँदै सिजी टेलिकमले लाइसेन्स पाए भ्वाइस निशुल्क हुने र इन्टरनेटको मूल्य आधा कम गर्ने बताएका थिए । दूरसञ्चार प्राधिकरणले तत्कालिन एसटीएम टेलिकम सञ्चार प्रालि र अहिले सिजी कम्युनिकेशन प्रालिलाई २०६६ साल माघ १९ गते ७ जिल्लाका लागि दिइएको लिमिटेड मोबिलिटी सर्भिस सेवाको अनुमति पत्र नविकरणका लागि नियमअनुसार दस्तुरसहितको निवेदन पेश नगरेकाले माघ १९ गतेदेखि लागू हुने गरी स्वतः रद्द भएको उल्लेख गरेको छ । विनोद चौधरी बन्लान् त अर्को मुकेश अम्बानी ? प्राधिकरणले लिमिटेड मोबिलिटी सर्भिसको अनुमति पाएका ७ जिल्ला बाग्लुङ, पाल्पा, कञ्चनपुर, ड
विज्ञानले पनि मान्छ बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमा अत्यावश्यक

विज्ञानले पनि मान्छ बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमा अत्यावश्यक

News
आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन् उनीहरुमा एक भिन्न प्रकराको बुझाई र एक विशेष प्रकारको समवेदना हुन्छ । यस्ता बच्चा सधैं खुसी, मिलनसार र आफ्ना सामान बाँडेर प्रयोग गर्ने किसिमका हुन्छन् । उनीहरुमा परिवारमा बस्ने र सबैको भावनाको सम्मान गर्ने विशेष कला हुन्छ । तर आज जसरी शहर बढिरहेको छ,  हाम्रो कोठा साँघुरिँदै छ । यस्तोमा मानिसहरु एक्लै बस्न बाध्य छन् । अहिले धेरै व्यक्तिको आफ्नो सानो परिवारमा हुन्छ जसमा हजुरबुवा–हजुरआमा पाहुना बनेर आउँछन् । तर विज्ञानले पनि बच्चालाई आफ्नो हजुरबुवा–हजुरआमासँगै राख्नुपर्ने सुझाउँछ । विज्ञानलाई मान्ने हो भने जो बच्चा आफ्ना हजुरबुवा हजुरआमासँग बस्छन्, उनीहरु एक्लै बस्ने