Thursday, February 20

Day: January 17, 2020

गोरखामा हिमपहिरो

गोरखामा हिमपहिरो

News
पोखरा — अत्यधिक हिमपातपछि गएको हिमपहिरोले गोरखामा ट्रेकिङ रुट (पैदल मार्ग) बन्द भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङमा शुक्रबार दिउँसो हिमपहिरो जाँदा लार्केबाट सामागाउँ जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ । गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार करिब ५ सय मिटर माथिबाट आएको हिमपहिरोले लार्केपास ट्रेकिङ रुटको २५ मिटर बाटोमा क्षति पुर्‍याएको छ । ‘बाटो नभएका कारण तत्काललाई आवतजावतमा रोक लगाइएको छ’ अधिकारीले फोनमा भने, ‘स्थानीयसँग समन्वय गरी बाटो खुलाउने प्रयासमा छौं ।’ घटनास्थलमा प्रहरी चौकी लार्केका प्रहरी सहायक निरिक्षकप्रेमबहादुर बानियाँको कमाण्डमा प्रहरी खटाइसकिएको अधिकारीले बताए । हिमालबाट आएको हिमपहिरो नभई स्थानीय पहाडमा अत्याधिक हिमपातपछि पहिरो आएको प्रहरीले जनाएको छ ।
कम्प्युटरबिनै कम्प्युटर शिक्षा

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

News
जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय राखिए पनि शिक्षक छैनन् । प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटर नै छैन ।  (बिर्तामोड) — आसिक माझी कक्षा ७ का विद्यार्थी हुन् । उनले कक्षा ५ देखि नै कम्प्युटर विषय पढेका हुन् तर अझै चलाउन जान्दैनन् । उनले कम्प्युटर देख्न पाएको बल्ल चार महिना हुँदै छ । चार महिनामा तीनपटक कम्प्युटर सिक्ने मौका पाए । आसिक मात्र होइन, भद्रपुर नगरपालिका–४ मन्त्रीबारीस्थित महेशपुर आधारभूत विद्यालयका विद्यार्थी कम्प्युटर खोल्न र बन्द गर्नबाहेक केही जान्दैनन् । यहाँ कम्प्युटर पढाउने विषयगत शिक्षक छैनन् । विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउने कम्प्युटर पनि छैन । कार्यालय प्रयोजनका लागि नगरपालिकाले गत भदौमा दिएको एक थान कम्प्युटरमा मौका पारेर सिकाउने गरिएको प्रधानाध्यापक नारद प्याकुरेलले जानकारी दिए । झापाका अधिकांश सामुदायिक विद्यालयले ‘स्थानीय विषय’का रूपमा कक्