Wednesday, January 22

Day: January 12, 2020

माघ ६ गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक

माघ ६ गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक

News
काठमाडौँ — आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो। सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताएकी थिइन् । आइतबार सभामुख उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्षको बैठकमा उपसभामुख तुम्बाहाङ्फे सहभागी भएलगत्तै बैठक स्थगनको सुचना टाँस गरिएको हो ।
प्रदेश ३ को नाम वाग्मती,राख्ने  प्रस्तावको पक्षमा दुई तिहाइ मत

प्रदेश ३ को नाम वाग्मती,राख्ने प्रस्तावको पक्षमा दुई तिहाइ मत

News
काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबारको बैठकमा भएको मतदानमा दुई तिहाई बढी सांसदले प्रदेशको नाम वाग्मती राख्ने पक्षमा मत दिएका हुन् । देशको नाम वाग्मती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो। ११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन्।