Wednesday, January 22

Day: January 10, 2020

आमाबुवाको हेरचाह नगर्ने सन्तानले ‘अंश’ नपाउने

आमाबुवाको हेरचाह नगर्ने सन्तानले ‘अंश’ नपाउने

News
काठमाडौं : आमाबुवालाई नपाल्ने सन्तानले ‘अंश’ नपाउने प्रावधानसहितको विधेयक संसदीय समितिबाट पारित भएको छ। संसदको  महिला तथा सामाजिक समितिले आइतबार ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन विधेयक पारित गरेको हो।  दफा ४ को उपदफा ५ मा उक्त प्रावधान राखिएको छ। ‘पालनपोषण नगरिएका वा अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितका लागि परिचालन गर्नेछ’, माथि भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै लेखिएको भएता पनि स्थानीय तहले ज्येष्ठ नागरिककको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेको वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ।’ अनिवार्य १० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान भने विधयेकबाट हटाइएको छ। तर, जेष
सुनको मूल्य प्रतितोला रु. ९५००० पुग्नसक्ने !

सुनको मूल्य प्रतितोला रु. ९५००० पुग्नसक्ने !

Breaking News
काठमाण्डौ । बहुुमूल्य पहेँलो धातु सुनको मूल्य अहिले नेपाली बजारमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । सुनलाई प्रतिष्ठा र सम्पन्नताको रुपमा हेरिने नेपाली समाजमा सुनको मूल्यमा भएको अचाक्ली वृद्धिले हलचल मच्चाइदिएको छ ।  केही वर्ष अघिसम्म ६० हजार रुपैयाँ प्रतितोला रहेको सुुन मूल्य अहिले बढेर ७६ हजारको उच्चतम विन्दू समेत पार गरिसकेको छ ।  सुनको मूल्य बढ्नुुमा नेपालको आन्तरिक कारणले भन्दा बढी बाह्य कारणले प्रभाव पार्छ । किनभने नेपालमा आउने सुनको मूल्य अन्तराष्ट्रिय परिघटनाबाट प्रभावित हुने गर्छ ।  नेपाली बजारमा मात्रै नभएर अहिले सुनको मूल्य अन्तराष्ट्रिय रुपमै उकालो लाग्दैछ । जसको प्रमुख कारणको रुपमा इरान र अमेरीकाबीच सिर्जित सैन्य तनाव रहेको छ ।  अहिले इरान र अमेरिका युुद्धको अवस्थाबाट गुज्रिरहेका छन् । इरानी सेनाले इराकमा रहेका अमेरिकी सेनाको बेस क्याम्पमा हमला गरेपछि तनाव झनै