Wednesday, January 22

Day: January 8, 2020

शुक्रबारसम्म वर्षा र हिमपात

शुक्रबारसम्म वर्षा र हिमपात

News
  काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् । मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो। दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ। ‘काठमाडौंसहित मध्यभागका स्थान र पूर्वी भागहरुमा भने शुक्रबारदेखि सुधार आउनेछ’ नगरकोटीले कान्तिपुरसित भनिन्, ‘शनिबारदेखि देशैभर मौसममा सुधार आउनेछ।’ हिउँदमा पश्चिमी क्षेत्रबाट भित्रिने न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आउने गरेको छ। यस्तो प्रणाली हिउँदमा ५ पटकसम्म भित्रिन्छ। अहिले भित्रिएको प्रणाली दोस्रो पटक हो। अर्को साता पनि यस्तो प्रणाली भित्रिने र मौसममा बदलाब आउने महाशाखाको अनुमान छ। मनसुन अवधिबाहेकको मौसमी प्रणाली पश्चिम
सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

News
काठमाडौं – सार्वजनिक यातायातका साधानमा अब गीत बजाउन नपाइने भएको छ। सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको छ। सवारीसाधनको क्याविनमा सजाइएका सामान र म्युजिक सिस्टम नराख्न विभागले निर्देशन दिएको छ। म्युजिकमा चालकको ध्यान जाँदा गाडी दुर्घटना हुने गरेको विभिन्न अध्यायनले देखाएकाले म्युजिक सिस्टम नराख्न निर्देशन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘गाडीमा गीत बजाउँदा र गीत परिवर्तन गर्दा चालकको ध्यान सवारीबाट बाहिर गएर दुर्घटना हुने सम्भावना धेरै हुने भएकाले यस्तो नियम लागु गरिएको हो,’ उनले भने, ‘सवारी दुर्घटनालाई न्युनिकरण गर्न हामीले लागिपरेका छौं।’ सवारीसाधनमा बज्ने गीतसंगीत मात्र नभई अगाडी सिसामा सजाइएका झल्लर, लेसलगायतका सजावट सामग्री पनि दुर्घटनाको कारण भ