Wednesday, January 22

Day: January 7, 2020

देशमा अब कतै खरका छाना देखिए सरकारलाई खबर गर्नुहोस्

देशमा अब कतै खरका छाना देखिए सरकारलाई खबर गर्नुहोस्

News
मन्त्री अर्यालले भन्नुभयो,‘सरकार सन् २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको छ । त्यसैको शुरुआत सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गरेका हौं ।’ जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालको नेपालमा १८ प्रतिशत गरिबी रहेको र त्यसको निर्मुल पारिने बताउनुभयो । खरका छानामा छिटो आगलागी हुने भन्दै यस आर्थिक वर्षमा दुई सय ५० घरपरिवारका खरका छाना विस्थापित गर्ने मन्त्री अर्यालले बताउनुभयो । स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी पाँचवटा पालिकाका दुई सय ५० खरका छाना हटाइने मन्त्री अर्यालले बताउनुभयो । स्याङ्जा क्षेत्र नम्बर २ का पाँच पालिकामा यसवर्ष दुई सय ५० घरपरिवारलाई ५० हजारका दरले दुई किस्ता गरी रकम दिइनेछ । बाँकी रहेका खरका छानाको लगत संकलन गरी पुन यसरी नै खरका छा
लोकसेवा आयोगले एक हजार नायब सुब्बाको विज्ञापन गर्दै

लोकसेवा आयोगले एक हजार नायब सुब्बाको विज्ञापन गर्दै

News
पुस २२, २०७६ काठमाडौं : लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ। आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चराणमा पुर्‍याएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमाबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने निश्चित भएको समाचार राजधानी दैनिकमा छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्ब स्तरका एक हजार पद रिक्त छ। सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो।
बस दुर्घटनामा परी नेपाली काँग्रेसका केन्द्रिय नेताको निधन, सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्ता घाइते

बस दुर्घटनामा परी नेपाली काँग्रेसका केन्द्रिय नेताको निधन, सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्ता घाइते

Breaking News
पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको निधन भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो । आज बिहान ५ः०० बजे भएको सो दुर्घटनामा परी नेता राय ग म्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उहाँलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पु¥याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृ त घोषणा गरेको आफन्त असिम दुबेले बताउनुभयो । नेता राय २०६४ सालमा भएको संविधानसभाको पहि
ताराहरुको चमक सकिँदै , चाँडै आकाश अन्धकार हुने वैज्ञानिकहरुको डरलाग्दो खुलासा

ताराहरुको चमक सकिँदै , चाँडै आकाश अन्धकार हुने वैज्ञानिकहरुको डरलाग्दो खुलासा

News
एजेन्सी । ब्ल्याकहोल सम्बन्धि वैज्ञानिकहरुले अचम्मका अनुसन्धान गरिरहेका छन् । यसै सम्बन्धी वैज्ञानिकहरुले अहिले नयाँ कुरा पत्ता लगाएका छन् । वैज्ञानिकहरुले अब छिटै नै ताराहरुको चमक सकिएर जाने दाबी गरेका छन् । साथै आकाशमा पुरै अध्याँरो हुने छ । किनभने आकाशमा ब्ल्याकहोलको आकार बढ्दै गईरहेको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार एउटा नयाँ ब्ल्याकहोल फेला परेको छ । जुन व्रह्माण्डको एक विशाल खगोल पिण्ड हो । यो पिण्ड यति धेरै ठूलो छ कि,दोश्रो खगोल पिण्डलाई निल्न सक्ने क्षमता राख्छ । ब्ल्याकहोलबाट निस्किएको उर्जाको धेरै भाग परावेंगनी किरणबाट निस्किँदै छ । साथै यसमा एक्सरे किरण पनि निस्किने तयारिमा छ । वैज्ञानिकहरुले यो विषयलाई लिएर गम्भीर चिन्ताको विषय भएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार यदि यो ब्ल्याकहोल आकाश र पृथ्वीको नजिक आयो भने, पृथ्वीमा रहेका जीवजन्तुहरुक
कमाएर मात्र हैन वचत गरेर धनी बनिन्छ, पढ्नुहोस् वचत गर्ने उपाय

कमाएर मात्र हैन वचत गरेर धनी बनिन्छ, पढ्नुहोस् वचत गर्ने उपाय

LifeStyle
एजेन्सी सबै मानिसको सोच शक्तिशाली बन्ने हुन्छ । तर विभिन्न कारणले उनीहरु शक्तिमा पुग्न सक्दैनन् । शक्तिमा पुर्‍याउने सबैभन्दा ठूलो भर्‍याङ भनेको पैसा हो । पैसा कमाउन मात्र होइन वचत गर्न जानियो भने मात्र मानिस धनी बन्छ । सँगसँगै शक्तिशाली पनि । कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ । धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ । अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन्–बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरीबहरुको साथी हो । आफ्नो कमाइबाट न
यदि म प्रधानमन्त्री भए भने युवालाई बिदेस होइन नेपालमै रोजगारीको व्यवस्था गर्छु : गगन थापा

यदि म प्रधानमन्त्री भए भने युवालाई बिदेस होइन नेपालमै रोजगारीको व्यवस्था गर्छु : गगन थापा

News
एजेन्सी नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन् उनले नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाईनमा नागरिक न्युजका पत्रकारश्रीराम पौडेलसँग कुराकानी गर्दैरेमिट्यान्सले देश बदल्न नसकिने बताएका हुन्फ्रन्टलाइनमा एक पाठकले सोधेको प्रश्नको जवाफ दिदैँ उनले आफू प्रधानमन्त्री भएको भए रोजगारीलाई पहिलो प्राथमिकता दिने बताएका हुन्। अहिले म प्रधानमन्त्री थिए भने युवालाई रोजगारीको व्यवस्था गर्थे। अहिलेको स्कूलबाट आएका विद्यार्थीहरुलाई रोजगारी दिने अवस्था छैन। नेपालभित्रै रोजगारीको सृजना गर्नु पर्छ। अहिले प्रधानमन्त्रीले त्यो विषय सोच्नु भएको छैन। पार्टीको महाधिवेशको सन्दर्भमा उनले गतिशिल पार्टीमा झगडा हुने बताए। सभापति देउवा नेतृत्वको कार्यकाल आगामी फागुनमा सकिदैं छ। त्यसका लागि १४औं महाधिवेशनको मिति अहिलेसम्म पनि तोकिएको छैन। केन्द्रीय समितिको
माघे सक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा दिने प्रदेश ५ सरकारको निर्णय

माघे सक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा दिने प्रदेश ५ सरकारको निर्णय

Breaking News
काठमाडौं । आउँदो माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने गरेको छ । माघे सक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने बताएको छ । गएको वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले यस्तो जानकारी दिनु भएको हो ।मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनुभयो । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।