Wednesday, January 22

Day: January 4, 2020

पिन नम्बर कोरिए पनि रिचार्ज (पिन रिकभर गर्ने तरिका

पिन नम्बर कोरिए पनि रिचार्ज (पिन रिकभर गर्ने तरिका

News
काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि रिचार्ज कार्डको पिन नम्बर कोरिएर बिग्रिएमा रिचार्ज गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कहिलेकाहीँ हतारमा, भुलबस रिचार्ज कार्डको पिन नम्बर कोरिने तथा नचिनिने हुनसक्छ । यस्तो अवस्थामा मानिसले उक्त रिचार्ज कार्ड प्रयोग गर्न सक्दैनन् । जे पायो त्यही नम्बरले रिचार्ज गर्न खोज्दा फोन नम्बर नै ब्लक हुने अवस्था हुन सक्छ । तर, अब भने त्यो समस्या ग्राहकका लागि दोहोरिने छैन, किनकी टेकिमले रिचार्जमा जम्मा ६ वटा अंक बुझिने भए पनि नयाँ पिन नम्बर उपलब्ध गराउने छ । यसका लागि तपाईले टेलिकमको कार्यालय धाउनुपर्ने पनि छैन । आफै घरबाटै रिचार्ज गर्न सक्नुहुनेछ । कार्डको पिन नम्बर प्रष्ट नभए वा कोरिए ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराए रिचार्ज
८४ करोडको लागतमा मदन भण्डारी रंगशाला बन्ने निश्चित

८४ करोडको लागतमा मदन भण्डारी रंगशाला बन्ने निश्चित

Sports
सप्तरी । सप्तरीमा ८४ करोडको लागतमा रंगशाला बन्ने भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहितको मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित भएको हो । युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासकालागी गाउँ गाउँमा खेल पुर्वाधार निर्माणलाई पुर्याउने निति अनुसार यहाँ मदन भण्डारी रंगशाला निर्माण हुने भएको छ ।मन्त्रालयद्वारा रंगशाला निर्माणका लागी शुक्रबार राष्ट्रिय खेलकुद परिषद मार्फत टेन्डर आहवान समेत गरिएको कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले बताए । मुल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको लागतमा निर्माण हुने मदन भण्डारी रंगशालामा फुटबल ग्राउण्ड, एथलेटिक्स ट्रयाकका साथै दर्शकका लागि आवश्यक प्याराफिट रहने छन् ।कंचनरुप नगरपालिकाका ९ मा निर्माण गरिने रंगशालाका लागि नगरपालिकाले १५ विगहा जग्गा उपलब्ध गराइसकेको छ । आवश्यक परे सोही स्था
विमान दुर्घटना हुँदा सवार सबैको मृत्यु

विमान दुर्घटना हुँदा सवार सबैको मृत्यु

News
काठमाडौं । अचानक भएको भयानक दुर्घटनामा २ जनाको ज्यान गएको छ । भारत मध्य प्रदेशको भोपालमा शुक्रबार राती ९ बजे आसपास सागर जिल्लाको धानामा हवाई पट्टीबाट केही टाढा रहेको खेतमा चिम्स एभिएसनको प्रशिक्षक विमान दुर्घटनाग्रस्त भएको हो । यस दुर्घटनामा पायलट अशोक मकवाना र प्रशिक्षक पीयूष चन्देलको मृत्यु भएको जानकारी दिइएको छ । दुबै मुम्बईका बासिन्दा थिए । जानकारी अनुसार, पाइलटले रातीको उडान पछि कुहिरोको कारण रनवे देख्न सकेन, जसको कारण विमान खेतमा झन्डै १०० मिटर पर खसेको थियो । घटना पछि दिल्लीबाट चीफ अपरेटिंग अफिसर वाईएन शर्मा सागरको लागि प्रस्थान गरेको भारतीय सञ्चारमाध्यम भारस्करले लेखेको छ चाइम्स एविएशन एकेडेमी धानाका प्रशिक्षार्थी सेसन बेलुका ८ः३५ बजे उडानमा उत्रिए । लगभग आधा घण्टा पछि अवतरणको क्रममा, पायलटले कुहीरोको कारण रनवे देखेनन् । प्रशिक्षक पायलट चन्देल र प्रशिक्षक मकवाना दुबैले
बस घरमाथि खस्यो

बस घरमाथि खस्यो

News
भक्तपुर । चाँगुरानारायण नगरपालिकाको वडा नम्बर १ स्थित दुवाकोटमा गुडिरहेको बस घरमाथि खसेको छ ।  इञ्जिनियरिङ कलेज बेसी हुँदै रत्नपार्क चल्ने बा १ ख ९०९० नम्बरको बस १ सरस्वतीखेल खड्काटोलमा घरमाथि खसेको हो । सडकमा गुडिरहेको बस उकालो चढ्न नसकेर काठले बनेको कच्ची घरमाथि खस्दा ३५ वर्षीय भीमबहादुर योञ्जनको मृत्यु भएको छ । योञ्जनलाई खाना खाइरहेको बेला बसले किचेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका यात्रु भने सकुशल छन् ।
थप तीन हजार सेना परिचालन गरिने आगो निभाउन

थप तीन हजार सेना परिचालन गरिने आगो निभाउन

Breaking News
काठमाडौं । अष्ट्रलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताउनु भएको हो । उहाँका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उहाँले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो ।“धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,” उहाँले भन्नुभयो । उहाँले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिनुभयो । झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ । यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थि
उखु किसान-सरकार सहमति, चिनी मिलले माघ ७ सम्म भुक्तानी गर्नुपर्ने

उखु किसान-सरकार सहमति, चिनी मिलले माघ ७ सम्म भुक्तानी गर्नुपर्ने

Breaking News
किसानले भने : फेरि काठमाडौंमा आउनु नपरोस् पुस १८, २०७६ काठमाडौं : चिनी मिल मालिकबाट एक अर्ब रुपैयाँ बढी रकम भुक्तानी माग गर्दै १५ महिनादेखिको आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ।  सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी मिलाबाट उखु किसानलाई भुक्तानीका लागि समन्वय र पहल गरिदिने लिखित प्रतिवद्धता जनाएपछि किसानहरुको आन्दोलन तत्काललाई स्थगित भएको हो। उखु किसानहरुसँगको वार्तामा सरकारले आगामी माघ ७ गतेसम्ममा चिनी मिलहरुबाट करिब डेढ अर्ब वक्यौता रकम भुक्तानी गराइसक्ने लिखित प्रतिवद्धता उद्योगमन्त्री लेखराज भट्टले गरेका छन्।  सरकारले पक्राउ गर्न खोजेपछि केही उद्योगीहरुले किसानको रकम भुक्तानी गर्न थालेका छन्। दुईवटा चिनी मिल मालिक राकेश अग्रवालले शुक्रबारै किसानको खातामा ५० लाख रुपैयाँ निकासा गरेको जनाएका छन्।  सरकारसँग भएको वार्तापछि किसान संघर्ष समितिका सचिच