Wednesday, January 22

Day: January 2, 2020

नेपाल भ्रमण वर्ष : यस्ता छन् सात वटै प्रदेशका तयारी र पर्यटकीय गन्तव्य स्थल

नेपाल भ्रमण वर्ष : यस्ता छन् सात वटै प्रदेशका तयारी र पर्यटकीय गन्तव्य स्थल

News
काठमाण्डौ - २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । काठमाण्डौको दशरथ रंगशालामा भ्रमण वर्षको उद्घाटन भव्य गर्ने तयारी छ । सातवटै प्रदेशमा पनि विशेष कार्यक्रमका साथ भ्रमण वर्षको उद्घाटन हुनेछ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ-आफ्नै ढंगले तयारी गरिरहेका छन्  भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ । प्रदेश १ : ५ लाख पर्यटक भित्र्याउने, भेडेटारमा खाना महोत्सव सुमन तिमल्सिना, मोरङ  प्रदेश सरकारले प्रदेश १ मा नेपाल भ्रमण वर्षको भव्य उद्घाटनको तयारी गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा रहेको शहीद रंगशालामा नेपाल भ्रमण वर्षको उद्घाटन गर्नको लागि प्रदेश सरकारले तयारी पूरा भएको जनाएको छ । विभिन्न १२ वटा उपसमिति बनाएर प्रदेश स्तरीय प्रमण वर्ष सफल पार्नको लागि कामहरु भइरहेको छ । पुस १६ गते बुधवा
कश्मीरमा नेपालीको निधन: श्रीमतीसंग कुरा गर्दागर्दै गोली चल्यो, अनि फोन अफ

कश्मीरमा नेपालीको निधन: श्रीमतीसंग कुरा गर्दागर्दै गोली चल्यो, अनि फोन अफ

News
काठमाडौं, १७ पुष । भारतको केन्द्र शासित जम्मु कास्मिरको भएको आ तं कवादी ह म लामा एक जना गोर्खाली सै निकको नि धन भएको छ । कास्मिरको नौशेरामा मंगलबार राति भएको ह म लामा भारतीय से नामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको नि धन भएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय से नामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा नि धन भएको जनाइएको छ । भारतीय से नाका प्रवक्ता ले फ्टि नेन्ट कर्णेल देवेन्द्र आनन्दले सो कुराको पुष्टि गरेका छन् । आनन्दद्वारा बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मगर गोरखाको रि प गाउँका हुन् । घट नामा भारतीय से नामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि नि धन भएको छ । ६ महिना अघि मात्र तनहुँ दुले गौँडावाट उनले विवाह गरेका थिए । चार वर्ष अघि भारतीय सेनामा जागिर भएका उनले छुट्टीमा घर आउँदा विवाह गरेर फर्
खोपसेवाबाट बालबालिका वञ्चित

खोपसेवाबाट बालबालिका वञ्चित

News
बाजुरामाजिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कोल्टी क्षेत्रका बालबालिका नियमित खोपसेवाबाट वञ्चित भएका छन्।  बाजुराको पूर्वोत्तर चार वटा स्थानीय तहका बालबालिकालाई खोप दिन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको फ्रिज बिग्रदा सो क्षेत्रका करीब सय भन्दा बढी बालबालिका खोपसेवाबाट वञ्चित भएका हुन्। जन्मेदेखि १२ महिनासम्म बालबालिकाले अनिवार्य मासिक खोप लगाउनुपर्ने हुन्छ।      भविष्यमा हुने विभिन्न रोगका सङ्क्रमणबाट नियमित खोप पाउनुपर्ने भए पनि दुर्गम गाउँका बालबालिका त्यो सुविधाबाट वञ्चित भएका हुन्। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा रहेको फ्रिज र मेसिन बिग्रिएपछि यो महिना खोप दिन नसकिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। कोल्टी क्षेत्रमा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीय तह रहेका छन्। पुस पहिलो साता सञ्चालन भएको खोप सेवाबाट
चीनमा विश्वकै अग्लो पुल

चीनमा विश्वकै अग्लो पुल

News
चीनको गुइजोउ प्रान्तमा विश्वकै अग्लो मध्येको पुल निर्माणको काम सम्पन्न भएको छ। पिङ्टाङ र लुओडियन काउन्टी जोड्ने विश्वकै अग्लो पुल जनवरी १ अर्थात आजदेखि खुल्ला गरिएको छ। उक्त पुलको लम्बाई दुई हजार एक सय ३५ मिटर छ भने तीन ठूला टावर र केबल तारले ठड्याइएको छ। यस विशाल पुलले एक काउन्टीदेखि अर्को काउन्टीसम्मको पहुँच सहज भएको छ। त्यस हाइवेमा स्पिड लिमिट ८० किलोमिटर प्रति घण्टा हुने चाईना डेलीले जनाएको छ। सो पुल निर्माणको काम सन् २०१६ अप्रिलबाट सुरू गरिएको थियो जसमा २ सय १४ मिलियन डलर खर्चिएको थियो। यसको अग्लो टावर भने तीन सय ३२ मिटरको छ। पुल भुईभन्दा १९० मिटर अग्लो रहेको चीनको यातायात मन्त्रालयले जनाएको छ। पुलको निर्माण सम्पन्नसँगै गुईजोउ हाईवे नेटवर्कको लम्बाई ७ हजार किलोमिटर रहेको अधिकारीले बताएका छन्। फ्रान्समा रहेको तीन सय ३६ मिटर उचाइमा रहेको मिलाउ भियाडक्ट पुल विश्वकै सबैभन
चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?

चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?

News
काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन्  । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । तर एउटा कुन कुरा हामीले एउटा के कुरा ख्याल गर्नुपर्छ भने अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुन्छ । यो अभ्यासलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था गरिएको नपाइए पनि भारतमा त्यहाँको सरकार यसप्रति निकै गम्भीर भएको छ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (ईएफएसएसएआई) ले हालै एडभाइजरी जारी गर्दै अखबारमा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकल