Thursday, February 20

Month: January 2020

कपास उद्योगमा आगलागी, २० लाख बराबरको क्षति भएको अनुमान

कपास उद्योगमा आगलागी, २० लाख बराबरको क्षति भएको अनुमान

News
आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गरेका हुन् ।

गौतम बुद्ध विमानस्थल : चौथो पटक थपियो म्याद

News
(भैरहवा) — गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरण गृहकार्यमा जुटेको छ । भौतिक पूर्वाधार निर्माण सकेर ठेकेदारले सरकारलाई हस्तान्तरण गरेको तीन महिनाभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा प्राधिकरण जुटेको हो । यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी कार्यदल गठन गरेर फिल्डमा परिचालन गरिसकेको छ ।निर्माण सकिनासाथ परीक्षण उडान सुरु हुने नागरिक उड्डयन प्रािधकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । लगत्तै अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनका लागि प्रमाणीकरण प्रक्रिया पूरा गरिने उनले बताए । ‘यसका लागि आवश्यक गृहकार्य थालिसकेका छौं,’ उनले भने, ‘निर्माण सम्पन्न भएको तीन महिनाभित्र सञ्चालनमा ल्याउन कार्यदल परिचालन गरिएको छ ।’ कार्यदलमा नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एक दर्जनभन्दा धेरै विषयका प्राविधिक छन् ।
कोरोनाभाइरस: चीनभन्दा बाहिर ४७ जनालाई सङ्क्रमण

कोरोनाभाइरस: चीनभन्दा बाहिर ४७ जनालाई सङ्क्रमण

News
चीनमा कम्तीमा ३,००० लाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका छन्। नेपालसहित कम्तीमा एक दर्जन देशमा सो सङ्क्रमण फैलिएको छ। चीनमा सो सङ्क्रमणबाट मारिनेको सङ्ख्या ८२ पुगेको छ। सो भाइरसको सङ्क्रमण पछिल्लोपटक क्यानडामा पनि फेला परेको छ। कोरोनाभाइरस रोक्न त्रिभुवन विमानस्थलमा 'उच्च सतर्कता'चीनमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या वृद्धिकोरोनाभाइरस सङ्क्रमित बिरामी राख्न 'तीन अस्पताल' मृत्यु छैन हालसम्म चीनभन्दा बाहिर कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको मृत्यु भने भएको छैन। विश्व स्वास्थ्य सङ्गठन तथा राष्ट्रिय निकायहरूका अनुसार चीन बाहिर कम्तीमा ४७ सङ्क्रमणका घटना पुष्टि भएका छन्। सङ्क्रमणका ८ घटना: थाइल्यान्ड५ घटना: अमेरिका, अस्ट्रेलिया र सिङ्गापुर४ घटना: ताइवान, मलेसिया र दक्षिण कोरिया३ घटना: फ्रान्स र जापान२ घटना: भियतनाम१ घटना: नेप
४४४ किलो तौल भएका २७ बर्षिय यी युवक,युवतीको खोजीमा

४४४ किलो तौल भएका २७ बर्षिय यी युवक,युवतीको खोजीमा

News
माघ ९, एजेन्सी | पाकिस्ताका २७ वर्षीया भीमकाय श्रीमतीको खोजीमा छन् | उनको तौल ४४४ केजीका वेटलिफ्टर  छ | उनी कम्तीमा पनि सय किलो तौल भएकी युवतीको खोजीमा छन् | त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् | उनी आफ्नो तौलका कारण विवाह हुन नसक्दा हैरान छन् | उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुप बताएका छन् | दुलहीको उचाई पनि ६ फिट चार इन्च  होस् भन्ने चाहन्छन | त्यस्तै युवतीलाई राम्रो खाना बनाउन आउनु पर्ने बताएका छन् |   हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् | उनी दैनिक ३६ वटा अण्डा खान्छन् |
तलव भीख होइन, बौद्धिक श्रमको मूल्य हो (यस्ता छन् तलव बढाउनैपर्ने १६ कारण)

तलव भीख होइन, बौद्धिक श्रमको मूल्य हो (यस्ता छन् तलव बढाउनैपर्ने १६ कारण)

News
भीम उपाध्यय युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलव किन बढाउने ? १. सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले। २. नेपालको जीडीपी विगत दश पन्ध्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ त्यसैले। ३. बजारभाउ वार्षिक ६ प्रतशितले बढेको छ भने मुद्रा अवमुल्यन १० प्रतिशत भइरहेको छ। ४. आगामी ५ वर्षमा जीडीपी दुगुना गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष्य छ। ५. बौद्धिक वर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुँदा विदेश पलायन हुने भय रहन्छ। ६. तलब कम हुँदा प्रतिभावान र शहरिया सक्षम युवा जागिरमा आकर्षित नभई दिँदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ। ७. न्युन तलबले अनियमित आम्दानी गर्न उक्साइरहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाव थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाइरहेको छ। ८. पर्याप्त जीविकोपार्जन ग
जन्म दिनको अवसरमा उपहार महालक्ष्मी लाईफको बिमा पोलिसी

जन्म दिनको अवसरमा उपहार महालक्ष्मी लाईफको बिमा पोलिसी

News
माघ ८ , नवलपुर अरुणखोलामहालक्ष्मी लाईफ इन्सुरेन्स को सिनियर एजेन्सी म्यनेजर बिमला सापकोटाले आफ्नो श्रीमानको जन्मदिनको अवरमा बिमा पोलिसी दिनुभएको छ । नवलपुर अरुणखोला घर भएकी सापकोटाले श्रीमानको ५४ औ जन्म दिनको अवसर पारी ६० लाखको बिमा पोलिसी उपहार दिनु भएको हो । एक कार्यक्रमका बिच महालक्ष्मी लाईफ प्रदेश् ३ का उप क्षेत्रीय प्रमुख राम प्रसाद भुसाल, नारायणगड शाखा प्रमुख कृष्ण बिलास अधिकारि, कावसोती शाखा प्रमुख मेघनाथ अधिकारि, सिनियर एजेन्सी म्यानेजर गुण राज पोख्रेल, एजेन्सी म्यानेजर तथा समाजसेबी माधव पराजुली, राजन बोख्रेल लगायतको उपस्थितिमा जन्म दिनको केक संगै बिमा पोलिसी उपहार हस्तान्तरण गरिएको हो । सो अवसरमा श्रीमती बिमलाले जन्म दिनमा छोरा छोरी हरु ले उपहार किनेर बुवालाई दिनु भनेर पठाएको पैसा ले महंगा उपहार नकिनी बुढेस कालको लागि बचत स्वरुप बिमा उपहार दिएको बताउनु भएको थियो ।  
गोरखामा हिमपहिरो

गोरखामा हिमपहिरो

News
पोखरा — अत्यधिक हिमपातपछि गएको हिमपहिरोले गोरखामा ट्रेकिङ रुट (पैदल मार्ग) बन्द भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङमा शुक्रबार दिउँसो हिमपहिरो जाँदा लार्केबाट सामागाउँ जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ । गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार करिब ५ सय मिटर माथिबाट आएको हिमपहिरोले लार्केपास ट्रेकिङ रुटको २५ मिटर बाटोमा क्षति पुर्‍याएको छ । ‘बाटो नभएका कारण तत्काललाई आवतजावतमा रोक लगाइएको छ’ अधिकारीले फोनमा भने, ‘स्थानीयसँग समन्वय गरी बाटो खुलाउने प्रयासमा छौं ।’ घटनास्थलमा प्रहरी चौकी लार्केका प्रहरी सहायक निरिक्षकप्रेमबहादुर बानियाँको कमाण्डमा प्रहरी खटाइसकिएको अधिकारीले बताए । हिमालबाट आएको हिमपहिरो नभई स्थानीय पहाडमा अत्याधिक हिमपातपछि पहिरो आएको प्रहरीले जनाएको छ ।
कम्प्युटरबिनै कम्प्युटर शिक्षा

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

News
जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय राखिए पनि शिक्षक छैनन् । प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटर नै छैन ।  (बिर्तामोड) — आसिक माझी कक्षा ७ का विद्यार्थी हुन् । उनले कक्षा ५ देखि नै कम्प्युटर विषय पढेका हुन् तर अझै चलाउन जान्दैनन् । उनले कम्प्युटर देख्न पाएको बल्ल चार महिना हुँदै छ । चार महिनामा तीनपटक कम्प्युटर सिक्ने मौका पाए । आसिक मात्र होइन, भद्रपुर नगरपालिका–४ मन्त्रीबारीस्थित महेशपुर आधारभूत विद्यालयका विद्यार्थी कम्प्युटर खोल्न र बन्द गर्नबाहेक केही जान्दैनन् । यहाँ कम्प्युटर पढाउने विषयगत शिक्षक छैनन् । विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउने कम्प्युटर पनि छैन । कार्यालय प्रयोजनका लागि नगरपालिकाले गत भदौमा दिएको एक थान कम्प्युटरमा मौका पारेर सिकाउने गरिएको प्रधानाध्यापक नारद प्याकुरेलले जानकारी दिए । झापाका अधिकांश सामुदायिक विद्यालयले ‘स्थानीय विषय’का रूपमा कक्
माघ ६ गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक

माघ ६ गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक

News
काठमाडौँ — आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो। सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताएकी थिइन् । आइतबार सभामुख उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्षको बैठकमा उपसभामुख तुम्बाहाङ्फे सहभागी भएलगत्तै बैठक स्थगनको सुचना टाँस गरिएको हो ।
प्रदेश ३ को नाम वाग्मती,राख्ने  प्रस्तावको पक्षमा दुई तिहाइ मत

प्रदेश ३ को नाम वाग्मती,राख्ने प्रस्तावको पक्षमा दुई तिहाइ मत

News
काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबारको बैठकमा भएको मतदानमा दुई तिहाई बढी सांसदले प्रदेशको नाम वाग्मती राख्ने पक्षमा मत दिएका हुन् । देशको नाम वाग्मती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो। ११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन्।