Thursday, February 20

सी जिनफिङको संघषपूर्ण जिवन

सी जिनफिङको संघषपूर्ण जिवन : जसले पार्टी सदस्यता १० वर्षमा पाए, बुवा जेल पुगेपनि पार्टी छोडेनन् काठमाडौं –माओ र देङपछि सबैभन्दा शक्तिशाली र चर्चित लोकप्रिय नेता हुन् वर्तमान चिनियां राष्ट्रपति सी जिनफिङ । चिनियां कम्युनिष्ट पार्टीको वैचारिक इतिहासमा सी विचारधारालाई संविधानमा नै लिपिबद्ध गरिएका सीलाई सरल र प्रतिबद्ध कम्युनिष्ट नेताका रुपमा लिइन्छ ।

सी जिनफिङको संघषपूर्ण जिवन : जसले पार्टी सदस्यता १० वर्षमा पाए, बुवा जेल पुगेपनि पार्टी छोडेनन् काठमाडौं –माओ र देङपछि सबैभन्दा शक्तिशाली र चर्चित लोकप्रिय नेता हुन् वर्तमान चिनियां राष्ट्रपति सी जिनफिङ । चिनियां कम्युनिष्ट पार्टीको वैचारिक इतिहासमा सी विचारधारालाई संविधानमा नै लिपिबद्ध गरिएका सीलाई सरल र प्रतिबद्ध कम्युनिष्ट नेताका रुपमा लिइन्छ ।

त्यतिमात्र होईन चीनलाई विश्व शक्ति बनाउने उनको अठोटको चीनमा मात्र होईन संसारभरमै चर्चा छ । अहिले शक्तिशाली राष्ट्रपति बनेका सी जिनफिङको जीवनमा कैयन् संयोग छन् । उनको जीवन त्यति सहज देखिंदैन । जीवनका कैयन् उतारचढाव उनले झेलेका छन् । आफ्नै परिवारको उत्थान, पतन र फेरी उदयका श्रृंखला समेत उनले अनुभूति गरेका छन् । र, सबैभन्दा ठूलो कुरा उनले दुख, श्रम र कम्युनिष्ट पार्टीको महत्व बुझेका छन् । सी विचारधाराको एउटा महत्वपूर्ण अंग भनेको कम्युनिष्ट पार्टीभित्रको अनुशासन पनि हो । कम्युनिष्ट संस्कृतिका पक्षमा, सामूहिकता र भ्रष्टाचाररहित संस्कृतिको पक्षमा सी विचारधारा उभिएको छ । अनुशासनको पालना गराउनु उनको विचारधाराको मुख्य आधार पनि हो । तर संयोग नै भनौं, पार्टीको लाइनविपरित गतिविधि गरिएको भन्दै सीका बुवालाई भने सांस्कृतिक क्रान्तिको बेला कार्वाही गरिएको थियो । उनलाई पछि जेलमा हालिएको थियो । सांस्कृतिक क्रान्तिकै कालखण्डमा उनले आफ्नो दिदी पनि गुमाउनु पर्यो ।

तत्कालिन लडाकु विद्यार्थी दस्ताले दिदीको हत्या गरेको केही मिडियाले उल्लेख गरेका छन् । बुवालाई श्रम कारागारमा पठाउंदा उनी १५ वर्षका थिए । परिवारको साथ छुटेपछि पनि उनको कम्युनिष्ट पार्टीप्रतिको आस्थामा कमी आएन । सांस्कृतिक क्रान्तिकै अन्तिम ताका उनी युवा कम्युनिष्ट लिगका सदस्य भए । त्यसपछि उनले पार्टी सदस्यताका लागि आवेदन दिए । तर, उनको कम्युनिष्ट पार्टीको सदस्यता पाउने सपना त्यति सजिलै पुरा भएन । उनले दश पटक निवेदन दिएपछि बल्ल पार्टीले उनलाई पत्यायो र पार्टी सदस्यता दियो । सन् १९५३ को जुन १५ मा सी झोङ्छन र क्वी सिनको दोश्रो छोराका रुपमा बेइजिङमा जन्मेका थिए सी जिनपिङ । त्यतिबेला चीनको नयां जनवादी क्रान्ति सम्पन्न भएर महान अग्रगामी युगको शुरुआत गरेका थिए माओले । उनका बुवा त्यतिखेर पार्टी र सरकारको निकै महत्वपूर्ण पदमा थिए । उनी प्रचार प्रसार विभाग प्रमुख तथा राष्ट्रिय जन कंग्रेसका उपाध्यक्ष समते बनेका थिए । उनका एकजना दाजु थिए भने दुईजना दिदी । उनीहरुको पुख्र्यौली घर भने हेनान थियो । सन् १९६३ मा सी दश वर्षको भएको बेला उनका बुवालाई पार्टीबाट कार्वाही गरियो र हेनानाको ल्योयाङमा रहेको कारखानामा काम गर्न पठाइयो । त्यसको तीन वर्षपछि मई १९६६ मा सांस्कृतिक क्रान्तिका कारण सीको पढाईमा असर पर्यो । सांस्कृतिक क्रान्तिको बेला सबै माध्यमिक तहका विद्यालय बन्द गरिएका थिए । विद्यार्थीहरु समेत आन्दोलनमा उत्रिएका थिए । यही क्रममा सीको परिवार पनि निशानामा पर्यो । र, सीका एकजना दिदीको समेत मृत्यु भयो । उनका बुवा कम्युनिष्ट पार्टी र त्यसका भातृ संगठनहरुको निशानामा थिए । पछि गएर सीको आमालाई समेत आफ्नो श्रीमानलाई क्रान्तिको दुश्मन भन्दै सार्वजनिक रुपमा आलोचना गर्न लगाइयो । सन् १९६८ मा सीका बुवालाई जेल पठाइयो । सीत्यतिबेला १५ वर्ष पुगेका थिए । उनले १९७२ सम्म बुवालाई भेटन पाएनन । बुवाआमाको संरक्षण बिनाका सीलाई लियाङजियाहे गाउंमा पठाइयो । माओको मुख्य प्रभाव क्षेत्रका रुपमा मानिने येनानको यो गाउंमा सी धेरै टिक्न सकेनन र त्यहांबाट भागेर बेइजिङ फर्किए । तर उनी पक्राउ परे र नाली खन्ने काममा श्रम कारावासमा पठाइए । तर उनले यति कष्ट सहदा पनि पढाई छोडेनन । सन् १९७५ देखि १९७९ सम्म बेइजिङको टिसुङ्गा विश्वविद्यालयमा केमिकल इन्जिनियर पढे । इन्जिनियरिङको पढाई भएपनि त्यहां १५ प्रतिशत समय माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको पढाई हुने गर्दथ्यो । ५ प्रतिशत समय भने उनीहरुले काम गर्नुपर्दथ्यो ।

इन्जिनियरको पढाई सकिएपछि सी कुनै बेला उनको बुवाको मातहत रहेका जेङ बीयोको स्वकीय सचिव भएर काम शुरु गरे । जेङपछि गएर चीनको केन्द्रीय सैन्य आयोगका सेक्रेटरी जनरल बने । सन् १९८५ मा भने सी अमेरिका पुगे । अमेरिकी कृषि अध्ययनका लागि चिनियां प्रतिनिधिमण्डलको सदस्यको रुपमा उनी अमेरिका पुगेका थिए । त्यहां उनी मुस्केटिन, लोआमा एउटा अमेरिकी परिवारमा बसे । अमेरिकाबारे दृष्टिकोण निर्माणमा यो भ्रमणले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । राजनीतिक जीवन आफ्नै परिवारका सदस्यको दुखद घटनाकाबीच पनि सीको मनमा कम्युनिष्ट विचारधाराप्रति कहिल्यै वितृष्णा भएन । यदि उनले आफ्नो दिदी मारिएको र बुवालाई जेल गएको कुरालाई ‘माक्र्सवाद र कम्युनिष्ट गलत छ’ भनेर सोचेको भए उनी आजको अवस्थामा आइपुग्ने थिएनन । तर सीका लागि कम्युनिष्ट विचारधारा मन पर्ने कुरा थियो ।

त्यसैले उनले सन् १९७१ मा ‘कम्युनिष्ट युथ लिग अफ चाइना’ का सदस्य भए । उनले कम्युनिष्ट पार्टीका सदस्यताका लागि आवेदन गरे । तर शुरुमा नै उनलाई पार्टीले सदस्यता दिएन । दशपटक सम्म निवेदन दिएपछि बल्ल उनले १९७४ मा कम्युनिष्ट पार्टीको सदस्यता पाए । त्यतिबेलासम्म सांस्कृतिक क्रान्ति सकिएको थियो भने देङ लगायतका कैयन नेताहरुलाई पुनः पार्टीमा ल्याइएको थियो । चीनमा माओ र चाओ एनलाई नै मुख्य शक्तिमा थिए । त्यसपछि उनी उत्पादन समूहको शाखा सचिव भए भने १९८२ मा उनलाई झेङदीङ प्रान्त (काउन्टी) पठाइयो ।

त्यसपछि २००७ सम्म उनले हेबेइ, फुजियान, शाङ्घाईलगायतका राज्यमा मुख्य भूमिकामा रहेर पार्टीमा जिम्मेवारी निर्वाह गरे । सन् १९९० मा भने शी फुझाउको पार्टी स्कूलका सभापनि बने । केन्द्रीय कमिटीमा सीको प्रवेश भने सन् १९९७ मा मात्रै भएको देखिन्छ । चिनियां कम्युनिष्ट पार्टीको १५ औं केन्द्रीय कमिटिमा उनी वैकल्पिक केन्द्रीय सदस्यको रुपमा चुनिए । त्यतिखेर १५१ जना वैकल्पिक केन्द्रीय सदस्यमा उनले सबैभन्दा कम भोट पाएका कारण उनी सबैभन्दा पछिल्लो क्रममा राखिए । सन् १९९९ मा उनको बढुवा भयो र

Leave a Reply

Your email address will not be published. Required fields are marked *