Wednesday, January 22

साझा युवा संगठनद्वारा दुर्घटना न्यूनीकारण तथा सचेतना मुलक कार्येक्रम सम्पन्न

साझा युवा संगठन, चितवन द्वारा पौष ५ गते शनिबारको दिन प्रदिप उप्रेती संयोजकत्वमा “सडक दुर्घटना न्यूनीकारण तथा सचेतना मुलक कार्येक्रम” सम्पन्न गरेको छ l
उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय संग संमन्वयन गरिएको थियो ।सचेतनामुलक कार्यक्रममा साझा युवा संगठनको केन्द्रिय सदस्य प्रशान्त बिक्रम सापकोटा , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र कुमार गिरि, साझा पार्टी नवलपुर जिल्ला संयोजक हरि प्रसाद गौतम सहित साझा पार्टी चितवनका , नवलपुर जिल्लाको अभियानकर्ताहरु उपस्थिति रहेको थियो l १२ बजे बाट १ बजे सम्म गरिएको उक्त कार्येक्रममा,
‘’नगरौ है तडक भडक ! साघुरो छ हाम्रो सडक !!’’
‘’कहाँ जान्छ सडक कर ! बाटो हिड्दा सधै डर !!’’
जस्ता विभिन्न सचेतनामुलक नाराको प्रदर्शनी सहित ट्राफिक नियमहरुको पालनाको लागि आव्ह्वान पनि गरिएको थियो ।उक्त कार्यक्रममा सडक दुर्घटना पश्चात हुने विभत्ष घटनालाइ सांकेतिक रुपमा प्रस्तुत गरिएको थियो l उक्त कार्यक्रममा कलाकारको भूमिकामा अभिनयकर्ताहरु क्रमश: संदेश न्यौपाने र मणि रत्न पौडेल हुनुहुन्थ्यो l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *