Thursday, February 20

माघे सक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा दिने प्रदेश ५ सरकारको निर्णय

काठमाडौं । आउँदो माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने गरेको छ । माघे सक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने बताएको छ । गएको वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले यस्तो जानकारी दिनु भएको हो ।मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनुभयो । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *