Wednesday, January 22

बनायो राजपाले राष्ट्रिय सभा निर्वाचन संयोजन समिति

काठमाडौँ — राजपाले अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको संयोजकत्वमा केन्द्रमा राष्ट्रिय सभा निर्वाचन संयोजन समिति बनाएको छ । अध्यक्ष मण्डलको सोमबार बसेको बैठकले अध्यक्ष मण्डलका सदस्यहरु र राष्ट्रिय सभा निर्वाचनमा प्रदेश–२ का पार्टीका उम्मेदवारद्वय मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंह सदस्य रहने गरी समिति बनाएको हो । 

प्रदेश–२ मा संसदीय दलका नेता जितेन्द्र सोनलको संयोजकत्वमा उम्मेदवारद्वय रहने गरी समिति बनाउने निर्णयसमेत बैठकले गरेको छ।

राजपा र सत्तारुढ नेकपाले तालमेल गरेर प्रदेश–२ मा २/२ सिट बाँडेका छन्।

बैठकले राष्ट्रिय सभा निर्वाचनका मतदातालाई आगामी माघ ७ र ८ गते महोत्तरीको बर्दिबासमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै महतोद्वारा जारी विज्ञप्ति अनुसार पार्टी महाधिवेशन तयारी समितिको बैठक पुस २५ गते, जिल्लाहरुमा खटाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठक पुस २६ गते बस्ने निर्णय बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *