Wednesday, January 22

दर्पण एफ एमका अध्यक्ष अधिकारीद्धारा जन्मोत्सवको अबसरमा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण 

दर्पण एफ एमका अध्यक्ष अधिकारीद्धारा जन्मोत्सवको अबसरमा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण  , चोरमारा सामुदायिक रेडीयो दर्पण एफ एम का संचालन समिति अध्यक्ष भिमलाल अधिकारीले आफ्नो जन्मोत्सवको अबसरमा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ । मध्यबिन्दु १ सेतापानिमा रहेको शान्ति आधारभुत बिद्यालय अनाथ बालउत्थान् केन्द्रका का २२ जना बिद्यार्थीहरुलाई न्यानो कपडा ट्याकसुट बितरण गरिएको हो । ५० औ बसन्तलाई पार गरेको अबसर पारेर अनाथ बालबालीकाहरुलाई न्यानो कपडा बितरण गरिएको अध्यक्ष अधिकारीको भनाई छ । उहाले बिद्यालयको अबस्था दयनिय रहदा समेत अनाथ बालबालीकाहरुका लागि आश्रयस्थल बनेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस स्कुलप्रतिको जिम्मेवारी आफुले पनि लिने बताउनुभएको थियो। बिद्यालयको हरेक समस्यासंग आफु परिचित रहेको भन्दै आफुबाट हुने हर सहयोग गर्न तत्पर रहेको भन्दै उक्त क्षेत्रमा रहेको शुद्ध खानेपानिको समस्याका लागि पनि मन्त्रालयमा फाइल पेश गरेको बताउनुभएको थियो । उहाले आफु पनि शैक्षीक क्षेत्रको व्यक्ती भएकाले गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि सधै लागीपर्ने बताउनुभएको थियो । सो कार्यक्रम शान्ति अनाथालय बाल उत्थान्का अध्यक्ष गणेशमान महत्तोको अध्यक्षता एबं दर्पण एफ एम का अध्यक्ष भिम अधिकारीको प्रमुख आतिथ्यता गरिएको थियो । सो अबसरमा मिना अधिकारी , प्रकाश परियार , सिद्धिमान खड्का,वडा सदस्यहरु, स्थानीय लगायतकाको आतिथ्यता रहेको थियो । न्याने कपडा पाएका बिद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *