Thursday, February 20

गिजरमा नुहाउने क्रममा बेहोश भइ मृत्यु

ललितपुर । गिजरमा नुहाउने क्रममा बेहोश भइ ललितपुरमा एक जनाको मृत्यु भएको छ । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्साको बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *